सोमवार, मंसिर १३, २०७८
spot_img

देउवालाई भदौ २३ गतेपछि सभापति नमान्ने चेतावनी

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ गतेपछि शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी दिएको छ। आउँदो भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको पार्टीको १४औँ महाधिवेशन नहुनेतर्फ घटनाक्रम अघि बढेपछि पौडेल पक्षले महाधिवेशनका लागि दबाब सिर्जना गरेको हो।

चार वर्षका लागि सभपातिमा निर्वाचित भएका सभापति देउवाले पार्टी विधानले दिएको एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा गर्दा पनि १४औँ महाधिवशेन अनिश्चित भएको ठहर गर्दै पौडेल पक्षले भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने चेतावी दिएको हो।

बिहीबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले देउवा नेतृत्वको कार्य समितिलाई नमान्ने बताएको बैठक सहभागी एक नेताले जानकारी दिए।

ती नेताले भने, ‘अझै पनि महाधिवेशन हुने आधार तयार भइसकेको छैन। निर्धारित कार्यतालिका भत्किएको छ। तथापी चाँडो कार्यतालिका ल्याएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्न अन्यथा हामी अब पनि केन्द्रीय कमिटि भनेर स्वीकार गर्दैैनौँ।’ साउन १२ गतेदेखि नै वडा तहबाट सुरु हुनुपर्ने पार्टीको अधिवेशन स्थगित भए पनि अझै नयाँ कार्यतालिका आएको छैन।

बिहीबारको छलफलमा पौडेलसँगै नेताहरु सिंह, महामन्त्री शशांक कोइराल, अर्जुन नरसिंह केसी, बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए।

संस्थापन पक्षले तल्ला तहको अधिवेशन सुरु गरेर प्रदेश अधिवेशन र महाधिवेशन पछि गर्ने तयारी गरेपछि पौडेल पक्षले निर्धारित मितिमै अधिवेशनका लागि दबाब दिएको हो।

बुधबार सभापति देउवा, नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच तीन दिनभित्र क्रियाशिल सदस्यता विवाद छिनोफानो गरेर अधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको थियो। त्यसअघि शीर्ष नेताहरुले पाँच दिन समय मागेर त्यतिकै व्यतित गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार