सोमवार, मंसिर १३, २०७८
spot_img

यि ७ मुख्य नेताले भने माधव नेपाललाई ‘अब हामी तपाईलाई साथ दिन्नौं’

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिती बैठकमा नयाँ रणनीतिका बारेमा छलफल भएको छ । केहीले अब माधव नेपाल पार्टी फुटाउने मनस्थितीमा पुगेको र .त्यसैका लागि केन्द्रीय सदस्यहरुको राय लिन बैठक बोलाएको आँकलन गरेका छन् ।

एमाले भित्र बढ्दो विवादले अब पार्टी विभाजन तर्फ गएको देखिन्छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बाद हिनताको अवस्था छ । दुवै जना आफ्नो अडानमा छन् । ओली नेपाल वाहेकको एमालेको पक्षमा देखिएको बताइएको छ । यता नेपाल पनि ओलीसंग कुनै पनि हालतमा मिल्न नसकिने निष्कर्षमा पुगेका छन् ।

तर नेपालकै केही नेताहरुले पार्टी फुटाए हामी साथ दिन सक्दैनौं भन्दै जवाफ दिइसकेका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् ।

विहिवार नेपाल पक्षले राखेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भए । नेपालले पार्टी फुटाउने तयारी गरेको संकेत पाएपछि बैठकमा अनुपस्थित भएको बुझिएको छ ।

माधव नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरु भने ओलीसँग मिल्न सक्ने अवस्था नरहेकाले नयाँ ढंगले बढ्नुपर्ने पक्षमा रहेपनि यि मुख्य नेताहरु भने पार्टी विभाजन गर्न नहुने पक्षमा छन् । तर, उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेभित्रै संघर्ष गरेर जानुपर्ने पक्षमा छन् ।

पार्टी विभाजन कुनै हालतमा स्वीकार्य नहुने सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम आचार्यले माधव नेपाललाई भेटेरै भनिसकेका छन् । उपाध्यक्ष रावलले पनि पार्टी फुटाउन माधव नेपाललाई साथ दिन नसकिने जवाफ दिइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार