मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

कोरोना संक्रमण कहिलेदेखि घट्छ? स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो प्रक्षेपण

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कोरोना संक्रमण बढ्दै जाने हल्ला चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अब संक्रमण क्रमशः घट्ने प्रक्षेपण गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा यस्तो प्रक्षेपण गरिएको हो ।
साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेपनि यो संख्या क्रमशः घट्दै जाने मन्त्रालयको प्रक्षेपण छ । विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ ।
यो संख्या घटेर मंसिर महिनासम्ममा २५ हजार १८३ पुग्ने जनाइएको छ । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले पेश गरेको विवरणमा उल्लेख छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने लोहनीले उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना, आइसियूमा ७१४ जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् । यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६१२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

स्वास्थ्य मन्त्रालयले भने “लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन “

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहकाले लगाए फाइजर खोप, तस्बिरमा हेर्नुहोस्

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरूद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा आइतबारदेखि लगाउन थालिएको यो खोप अभियान मंगलबारसम्म जारी रहनेछ ।

‘सबैलाई खोप लगाइसक्नुपर्छ चैतभित्र’

नेपाल अनलाइन पत्रिका - काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो...

कात्तिक ९ गतेदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने

नेपाल अनलाइन पत्रिका - काठमाडौं। काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य...

नेपाललाई कोरोनामक्त बनाउन ध्यान दिन्छु: स्वास्थ्यमन्त्री खतिवडा भन्छन्

नेपाल अनलाइन पत्रिका - काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा ध्यान केन्दि्रत गर्ने बताएका छन् । उनले...

कोरोना भाइरसविरुद्ध प्रभावकारी देखियो खाने औषधि, मृत्यु र गम्भीर बिरामी रोक्न सफल

नेपाल अनलाइन पत्रिका - काठमाडौं। अन्तरिम परीक्षणमा रहेको एक औषधिले गम्भीर अवस्थाको कोभिड–१९ को संक्रमण भएमा अस्पताल भर्ना वा सम्भावित मृत्यु आधाले कम गर्ने...

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search