बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

दलित परिवारका दाजुबहिनीले एकैपटक एमबीबीएस छात्रवृत्तिमा नाम निकाले

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन्। महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन्।
जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्। दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।
अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन्।
दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन्। अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन्।
अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए। त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन्।
अभयले पहिलोपटक जाँच दिँदा पनि दलित कोटामा नाम निस्किएको थियो तर त्यति बेला बिन समुदायलाई पनि दलित कोटामा राखिएको हुनाले उनको नाम पर्न नसकेको अभयका बुवा जीतेन्द्र पासवान बताउँछन् । तर अहिले बिन जातिलाई दलित समुदायबाट हटाइएको उनले बताए।
‘अहिले जसरी बिन जातिलाई दलित समुदायको कोटाबाट हटाइएको छ त्यस आधारमा गत वर्ष नै मेरो छोरा अभयले एमबीबीएस पढ्न पाउँथ्यो,’ जीतेन्द्रले भने, ‘खैर, एक वर्ष थप मेहनत गरेर यो पटक ब्याजसहित छोराको साथमा छोरीले पनि नाम निकालेर हाम्रो सपना साकार पारेका छन् ।’

‘दिनरात पढेर नाम निकाल्यौं’

अभय र कृतिकाले दिनरात नभनी पढेर सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताएका छन् । अभयले गत वर्ष एक इन्स्टिच्युटमा पढेर परीक्षाको तयारी गरेका थिए भने कृतिकाले घरमै अध्ययन गरेर नाम निकाल्न सफल भएकी हुन् ।
‘दाइले यसअघि कोचिङमा पढ्नुभएको ज्ञान र उहाँको मार्गदर्शन अनुसार हामी दुवै जनाले एक आपसमा शेयर गरेर तयारी गरेका थियौं,’ कृतिकाले भनिन्, ‘मैले नबुझेको कुरा दाइलाई सोध्थें । उहाँले नै मलाई सबै कुरा बताइदिनुहुन्थ्यो।’
अभयले भने कोचिङको ज्ञानबाहेक भारतीय लेखकका थुप्रै पुस्तक पढ्नुका साथै एमबीबीएस तयारीका सामग्रीहरू पढेको बताए । ‘म प्रायजसो रातमा पढ्ने गर्थें भने मेरो बहिनी बिहानदेखि दिनभर पढ्ने गर्थिन्,’ अभयले भने, ‘कुल मिलाएर हामी दुवैजना दाजुबहिनीले प्रत्येक दिन १६ देखि १८ घण्टा न्युनतम पढ्ने गरेका थियौं ।’

छोराछोरीले नाम निकाल्न सक्नुमा आमाको योगदान

जीतेन्द्र पासवान महोत्तरीमा गैरसरकारी संस्था चलाउनुका साथै राजनीतिमा पनि सक्रिय थिए । नेकपा एमालेको महोत्तरी जिल्ला कमिटी सदस्य समेत रहेका उनले पछिल्लोपटक महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए ।
अहिले उनलाई नेपाल सरकारले राजनीतिक नियुक्ति समेत दिएको छ । समाज कल्याण परिषदसँग आबद्ध रहेको सामाजिक उद्यमशीलता विकास कोषको बोर्ड मेम्बर छन्, उनी ।
छोरा र छोरी दुवैजनाले एकैपटक नाम निकालेकोमा गाउँका सबै मानिसले बिहानैदेखि उनलाई फोन गरेर बधाई दिइरहेका छन्। ‘देशका विभिन्न भूभागबाट दलित समुदायका अगुवाले फोन गरेर बधाई दिइरहनुभएको छ,’ बुबा जीतेन्द्रले भने, ‘हाम्रो क्षेत्रका पूर्व सांसद रामदयाल मण्डलदेखि गाउँका सबै मानिसले फोन गरेर बधाई दिनु भएको छ । दलित समुदायकै लागि ठूलो गौरवको कुरा रहेको भन्दै बधाई दिरहनुभएको छ।’
छोरा र छोरी दुवै जना सफल हुनुमा आफ्नो भन्दा श्रीमती ममता देवी पासवानको ठूलो योगदान रहेको जीतेन्द्रले बताए। ‘मैले त राजनीतिमा पनि अलि समय दिनुपर्ने हुन्छ, तर मेरो श्रीमतीले दृढ संकल्प राखेर आफ्नो छोराछोरीलाई पढाउन पूरा समय दिइन्,’ जीतेन्द्रले भने, ‘मेरो श्रीमती पनि इन्टर पास हुन् । उनलाई जागिरको पनि अवसर आएको थियो तर म जागिर गर्दिनँ, छोराछोरीलाई पढाउँछु भनेर उनले तपस्या नै गरेकी थिइन् ।’
प्लस टू अध्ययनका लागि छोराछोरीलाई आफूसँगै काठमाडौं लिएर आएकी ममताले खाना पकाउने, कपडा धोइदिने सबै काम आफैं गरेर पढ्ने उचित वातावरण मिलाइदिने गरेकी थिइन् ।
‘कहिलेकाहीँ पढ्दापढ्दै हामी फ्रस्टेट पनि हुन्थ्यौं । त्यस्तो हुँदा उहाँले मोटिभेट गर्नुहुन्थ्यो,’ आमाबारे अभयले भने, ‘एन्जाइटी हुँदा समेत केही छैन, नाम निस्किन्छ भनेर हमेसा हौसला प्रदान गर्नुभयो ।’
अब अभय आईओएम महाराजगञ्जमा नै पढ्ने सोच बनाएका छन् भने कृतिका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा अध्ययन गर्ने सोचमा छिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउनेले मात्र प्रमाणपत्र पाउने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्न निश्चित मापदण्डको आधार तयार गरेको छ ।

‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाइनेपालमै हुने

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को सुरु गर्ने भएको छ

करिश्मा मानन्धरले पास गरिन् प्लस टु, दुई विषयमा ‘ए प्लस’ ल्याउँदै

अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो ।

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search