Viber Community
Nop Ads

आज पनि नेपालमा ठुलो संख्यामा थपिए संक्रमित, यति धेरैको मृ त्यु ?

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। गत २४ घण्टामा नेपालमा १६ हजार ५९४ जनाको परीक्षण गर्दा ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८४ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार १४९ परीक्षण गर्दा १ हजार ४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । हाल सक्रिय संक्रमित ३६ हजार २८८ जना रहेका छन् ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जना र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १–१ प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बा¥हदशी र कमल गाउँपालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा कोरोना देखिएको छ ।
मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१ जनामा कोरोना देखिएको छ ।
यता सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, पाँचथरको फिदिममा १, तेह्रथुममा १, प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा गरिएको नमूना परीक्षणमा ५७७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८७ महिला र २९० जना पुरुष रहेका छन् ।
प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १९६, बागलुङ ६०, स्याङ्जा ८६, म्याग्दी ७, पर्वत ५, गोरखा ४९, लमजुङ ६२ तनहुँमा १३ र नवलपुरमा ९८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ६२८ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१६ की ७० वर्षीय महिला, म्याग्दी मालिका–४ का ९० वर्षीय पुरुष, तनहुँ ब्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुष, स्याङजा पुतली बजार–१३ की ६७ वर्षीय महिला र नवलपरासी पूर्व, कावासोती–१६ का ८२ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४१ जना पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ६५ हजार ५९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ४२७ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८९६ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

अष्ट्रेलिया गएको छोराले भन्दा UAE मा भएको छोराले धेरै कमाउँछ

नेपालमा अमेरिका, अस्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुख सयलको जिन्दगी हुन्छ भन्ने छ । तर मेरो अस्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ ।

तीन बिगाहा खेतको धानमा आगलागी रौतहटमा

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

काँग्रेस अधिवेशनमा लफडा, पूर्वमन्त्री शमशेरमाथि नै हातपात !

नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search