Viber Community
Nop Ads

ओली पक्षका लागि नेपाललाई समान हैसियतको दोस्रो अध्यक्ष अस्वीकार्य

Viber Community

नेपाल अनलाइन पत्रिका


 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। असन्तुष्ट पक्षको चर्को विरोधका बाबजुद नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी निर्णयहरूको शृंखलालाई निरन्तरता दिएको छ।
यसबाट ओलीका प्रतिद्वन्द्वी माधवकुमार नेपाल पक्षसँगको एकता अझै टाढिने स्पष्ट संकेत देखिएको छ। ओली पक्षबाट सोमबार निर्धारित ‘कथित’ बैठक, पार्टी सदस्यता वितरण प्रक्रिया, लगायत कार्यक्रम रोक्छन् या रोक्दैनन् भन्नेबाट आफूसँग उनले एकता चाहन्छन् या चाहन्नन् भन्ने स्पष्ट हुने नेपालले तीन दिनअघि आफूपक्षीय एक भेलामा भनेका थिए।
समान हैसियत र अधिकारसहित दुई अध्यक्ष बनाउन ओली तयार भएमा मात्रै एकता सम्भव रहेको अडान आफूले ओलीसमक्ष राखेको नेपालले त्यहाँ दोहोर्‍याएका थिए।
साथै ओलीद्वारा पूर्वनिर्धारित बैठक र पार्टी सदस्यता वितरणलगायत काम रोकिनुपर्ने उनको माग थियो। तर, एक दिन पर धकेलेर सोमबार ओली पक्षले केन्द्रीय कमिटी बैठक डाक्यो।
बैठक भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयमा पुगेको छ। महाधिवेशनका लागि चार समितिले जिम्मेवारी पाएका छन्।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले यसलाई पार्टीको नयाँ अभ्यासको रूपमा लिएको सुनाए। बैठकले पार्टी अध्यक्षलाई शक्तिशाली बनाउन महाधिवेशन या अधिवेशनले अध्यक्ष र अन्य कमिटीका सदस्य चुन्ने र कमिटी सदस्यहरूले कमिटीका अन्य पदाधिकारी चुन्ने व्यवस्थासहितको विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेको छ।
एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म ढुक्कसँग पार्टी नेतृत्व गर्न सक्ने वातावरण बनाउन यस्तो प्रस्ताव पारित गरिएको ज्ञवालीले बताए।
‘हाम्रो पार्टी विधानअनुसार अध्यक्ष प्रमुख नेता हो। पार्टीको वैचारिक, संगठनात्मक विषयको नेतृत्व गर्ने प्रमुख दायित्व अध्यक्षको हो। अध्यक्ष महाधिवेशनसँग उत्तरदायी बन्छ। तर, यहाँ कमिटीका सदस्यलाई अनुकूल बनाउनुपर्ने या बीचमै पनि परिवर्तन हुन सक्ने र एक खालको अस्थीरता हुने स्थिति आइरह्यो। यस्तै विभिन्न अनुभवबाट अध्यक्ष मात्रै महाधिवेशन या अधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था गर्न लागेका हौँ। तल्लो तहबाट के–कस्तो सुझाव आउँछ त्यो हेर्न बाँकी छ।’
यस्तै, बैठकले पार्टी सदस्यका लागि पालिकाको सिफारिसमा जिल्ला कमिटीले अनुमोदन गर्ने र त्यसको जाँच केन्द्रले नम्बर चढाउने प्रस्ताव पनि अनुमोदन भएको छ।
पार्टीमा फैलिँदै गएको र काम व्यवस्ततालाई ध्यान दिएर अध्यक्ष एक, उपाध्यक्ष एक, महासचिव दुई, उपहासचिव दुई, सचिव सात रहने गरी २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयमा पनि बैठक पुगेको छ।
एमालेको नवौँ महाधिवेशनले १६९ सदस्य केन्द्रीय कमिटी निर्वाचित गरेको थियो। यसअघि पाँच उपाध्यक्षको व्यवस्था गरिएको थियो। केन्द्रीय कमिटीमा मनोनीत गर्न सक्नेको संख्या बढीमा १० प्रतिशत कायम गरिने भएको छ।
विधान संशोधन मस्यौदामा केन्द्रीय कमिटी तथा केन्द्रीय निकायको निर्वाचनमा समावेशिता र सामुदायिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने निर्णय पनि भएको छ। साथै, पार्टीको पोलिटब्युरो हटाउने र केन्द्रीय कमिटीअन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन गरिने भएको छ।
राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने निर्णय पनि भएको छ।
अर्कोतिर राष्ट्रिय प्रतिनिधि परिषद्को हालको व्यवस्थाको सट्टा महाधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था गर्ने, राष्ट्रिय महाधिवेशनको दुई वर्षपछि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने र पार्टी कामको मध्यावधि समीक्षा गर्ने निर्णय भएको छ।
निर्णयअनुसार विधान महाधिवेशनको समेत प्रतिनिधि हुनेछ। विधान महाधिवेशन राष्ट्रिय महाधिवेशन हुनुभन्दा सामान्यतया एक वर्ष पहिला आयोजना गर्ने निर्णय गरिएको छ।
निर्णयअनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधि अर्को राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित नहुँदासम्म कायम रहनेछन्।
ओलीका निर्णयले के संकेत गर्छ ? नेपाल पक्षका नेता घनश्याम भुसालले यस्ता निर्णयले पार्टी विभाजनलाई नै सहयोग पुर्‍याएको प्रतिक्रिया दिएका छन्।
उनले भने, ‘हामी अझै अप्ठ्यारोतिर जाँदै छौँ। हामीले एकताको प्रयास त गरेका हौँ। वस्तुगत रूपमा हामीले पार्टी एकता होस् भन्ने नै चाहेका छौँ। तर, त्यो व्यावहारिक भएन। वर्तमान मान्छेका बोली र गतिविधि विभाजनतिर देखिन्छ।’
नेता भुसालले ओलीका इच्छा र हितलाई व्यवस्थापन गर्ने कमिटीले गरेका निर्णय के हुन् या कस्ता छन् भन्ने ठूलो कुरा नभएको बताए। ओलीले एकतालाई छाडेर जे गर्दै छन् त्यो विभाजनउन्मुख भएको भुसालको विश्लेषण छ।
‘बैठक बस्ने, एकलौटी निर्णय गर्ने कुरा नै विभाजनकारी कुरा हो भनेपछि त्यहाँ के निर्णय हुन्छन् भन्ने कुराले फरक अर्थ राख्दैन,’ भुसालले भने।
तर, ओली पक्षले यसमा फरक तर्क प्रस्तुत गरिरहेको छ। एकता हुन नसकिरहेको बहाना बनाएर पार्टी महाधिवेशनका गतिविधि संकटमा पार्न नहुने भएकाले यसतर्फ आफूहरू अघि बढेको उसको दाबी छ।
सोमबारको केन्द्रीय कमिटी बैठकपछि ज्ञवालीले नेपाललाई लक्ष्य गर्दै भने, ‘हामीलाई निकै कठिन छ। साथीहरूले जेठ २ मा फर्किएपछि सबै ठीकठाक हुन्छ भन्नुभएको थियो। त्यही आधारमा १० बुँदे सहमति पारित भयो। त्यसैअनुसार १० औँ केन्द्रीय कमिटी बैठक पनि भयो। तर बैठकमा आउनु भएन।’
उनले थपे, ‘बीचमा नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव आयो। त्यसमा अध्यक्ष ओलीले पनि सहमति जनाउनुभयो तर नेता नेपालले सहमति जनाउनु भएन। महाधिवेशन समयमै सम्पन्न गर्ने दायित्वमा हामी छौँ। स्थानीय चुनाव नजिक छ। अब आउने साथीहरू आइहाल्नुहुन्छ। उहाँहरू सबैको पद सुरक्षित छ। अनन्तकालसम्म कुर्न सकिन्न।’
साथै, उनले नेपाल पक्षको मागअनुसार पार्टी सदस्यता नवीकरणको काम नरोकिने स्पष्ट पनि पारे। उनले भने, ‘यो पार्टीको भलो गर्ने सुझाव पनि हो।’ नेपाल पक्षको समान हैसियतको दोस्रो अध्यक्ष भए पार्टी एकता हुने नेपाल पक्षको माग पूरा गर्न तपाईंहरू इच्छुक नभएको हो? ज्ञवालीको संक्षिप्त जवाफ थियो, ‘यो स्वीकार्य विषय होइन।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।

पर्यटनमन्त्री आले: स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ

नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search