मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

सरकारको ध्यानाकर्षण गराए राष्ट्रिय सभाको बैठकमा सांसदहरूले

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याबारे अवगत गराउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा बोल्दै सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरूलाई बर्खास्त गर्ने र विद्यार्थीलाई कुटपिट गरी तनाव सिर्जना गरिएको बताए।
उनले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाइएको भन्ने घटनाको यथार्थताको पनि जानकारी माग गरे।
उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा केही दिनयता तनावग्रस्त छ। त्यहाँका प्राध्यापकहरूलाई बर्खास्त गर्ने, विद्यार्थीलाई कुटपिट गर्ने र अंगभंग गर्ने काम भइराखेको छ। र, भिसीले त्यो काममा आफ्नो सक्रियता बढाइराख्नुभएको छ। त्यसउपर संवाद, छलफल, बहसद्वारा त्यसलाई टुंग्याउनुपर्ने कुरा भएको छैन। त्यसमा ध्यान जाओस्। लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सांसद विमला वली बन्धक बनाएको खबर आएको छ। यदि त्यो हो भने निन्दनीय कार्यको भत्र्सना गर्दै त्यसको यथार्थ के हो, जानकारी पाऊँ।’
सांसद विमला राई पौड्यालले कक्षा १२ को परीक्षा स्थगन हुँदा लाखौँ विद्यार्थीको भविष्य चौपट परेको भन्दै शिक्षा र स्वास्थ्यका विज्ञहरू बसेर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा गृहकार्य गरी परीक्षा सुचारु गराउन सरकारसँग माग गरिन्।
उनले भनिन, ‘१२ कक्षाका विद्यार्थीको परीक्षा स्थगन भएको सूचना गरेको छ, नेपाल सरकारले। पोहोर साल नै हुनुपर्ने परीक्षा अहिले पनि स्थगत भएको छ र लाखौँ विद्यार्थीको भविष्य चौपट भइराखेको छ। एकदमै अन्योलको स्थिति छ।’ स्वास्थ्य र शिक्षाका विज्ञहरू बसेर परीक्षाको टुंगो लगाउनुपर्ने उनको माग छ।
सांसद शान्तिकुमारी अधिकारी जिसीले बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडकखण्ड पिच नहुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै ०७८ सालभित्रै काम सक्नेगरी सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडकखण्ड पिच हुन नसक्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर कष्टसाथ जोखिमपूर्ण तरिकाले यात्रा गर्न जनता बाध्य छन्। ०७८ सालभित्र उक्त सडकखण्ड पिच गर्न जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक निर्माणको ठेक्का लिएको भारतीय कम्पनीलाई कडा निर्देशन दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’
सांसद शेरबहादुर कुँवरले तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई ड्रोनमार्फत खोज्ने भनिए पनि भारतीय सीमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको भन्दै सरकारले भारत सरकारसँग गरेको पहल सदनलाई जानकारी गराउन माग गरे।
त्यस्तै, सांसद सिंहबहादुर विश्वकर्माले रत्नपार्कमा रहेको अस्थायी बसपार्क हटाउँदा दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लाबाट आउने सर्वसाधारण गन्तव्यमा पुग्न नपाई अलपत्र परेका भन्दै यातायात व्यवस्थालाई सरल र सुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनले भने, ‘काठमाडौं महानगरपालिका रत्नपार्कमा रहेको अस्थायी बसपार्क उठाइदिँदा १७ वटा रुट, दैनिक १६ सय सवारी साधनसहित पूर्वका दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाबाट आउने लामो दूरीका सयौँ सवारी साधन अलपत्र भए। गाउँबाट आउने सर्वसाधारणलाई आफ्नो गन्तव्य पुग्न समस्या खेप्नुपरेको छ। ट्राफिक व्यवस्था समेत खल्बल्लिएको छ। यातायात व्यवस्थालाई सरल, सुलभ, छिटोभन्दा छिटो व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’
सांसद सुमित्राकुमारी बिसीले रुकुमपश्चिम त्रिवेणी गाउँपालिकामा मनकुमारी खड्काको हत्या भएको दुई सात पुगिसकेको उल्लेख गर्दै यस घटनाको यथार्थ पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search