Viber Community
Nop Ads

करदातालाई कानुन लगाएर हाेइन आफैँले कर तिरुँ–तिरुँ लाग्ने वातावरण बनाउँ : अर्थ मन्त्री

Viber Community

नेपाल अनलाइन पत्रिका

janardan sharma
नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अर्थ मन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको छ । बिहीवार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न भन्नुभएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस्, राजस्व सङ्कलन बढाउन सकिने उपायहरू तपाईँ आफैँ फेला पार्नुहुनेछ’, उहाँले भन्नुभयो ‘त्यसका लागि तपाईँलाई के चाहिन्छ ? जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ, त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्छ ।’
उहाँले करदातालाई कानुन लगाएर कर तिराउने नभइ करदाता आफैँले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । ‘करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले भन्नुभयो, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’
मन्त्री शर्माले समग्र देशको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाब खोइ ? नागरिकसँग भएको सम्पत्ति के–कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के–कति हो ? यसको हिसाब गर्ने योजना पनि चाहियो’, उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले त्यहीअनुसार थप जाँगर चलाएर काममा खटिन उहाँले निर्देशन दिनुभयो ।
आन्तरिक राजस्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायसमेत निकाल्न भन्नुभयो । प्रविधिको माध्यमबाट सबै राजस्व कार्यालयलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन सचिव मरासिनीले निर्देशन दिनुभयो ।
विसं २०५४ देखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको नौ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित गर्न विलिङ प्रणालीमा एकीकृत गर्न आग्रह गर्नुभयो । देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयलाई लक्ष्यअनुसारको काम गर्न निर्देशन दिनुभयो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/०७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिनुभयो । गएको वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व सात प्रतिशत र अन्यबाट दुई प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ का लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा ४२९ अर्ब सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि ५२२ अर्ब राजस्व सङ्कलनको लक्ष्य तोकिएको छ ।
यस्तै गएको असारसम्म ४० लाख ६६ हजार एक सय ३१ जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने दुई लाख ९० हजार सात सय १४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायीहरू करको दायरामा औपचारिक रूपले आबद्ध रहेको भए पनि वार्षिक विवरण नबुझाउनेको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताउनुभयो ।
कर कार्यालयमा दर्ता भइ वार्षिक विवरण नबुझाउनेहरू आर्थिक वर्ष २०७४/०७५ मा ३३ दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०७५/०७६ मा ३७ दशमलव ५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा यो सङ्ख्या बढेर ४२ दशमलव ९२ प्रतिशत पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

तीन बिगाहा खेतको धानमा आगलागी रौतहटमा

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

काँग्रेस अधिवेशनमा लफडा, पूर्वमन्त्री शमशेरमाथि नै हातपात !

नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाएर राजतन्त्र पुर्नस्थापना गराउन मोदीले यतिसम्म गरिरहेको खुलासा

भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागिपरेको बताएका छन् ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search