मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

संक्रमण दर वृद्धिसँगै अक्सिजनको माग दोब्बर, अभाव नहुने व्यवसायीको आशा

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यका लगायतका सहरका अस्पतालहरु भरिन थालेका छन् । याेसँगै फेरि अक्सिजन आपूर्तिको चिन्ता सुरु भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
कारोनाको दोस्रो लहरका बेला अक्सिजनको हाहाकार नै भएको थियो । कोरोनाका विरामीहरुको उपचारमा अक्सिजन प्रयोग गर्नुपर्ने भएकाले माग उच्च भएको थियो र, मागबमोजिम आपूर्ति हुन सकेको थिएन । अहिले तेस्रो चरणको त्राश बढ्दै जाँदा फेरि माग बढ्न थालको व्यवसायीहरु ले बताएका छन् ।
नेपालमा पछिल्ला दिनहरुमा दैनिक ३ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिइरहेका छन् भने २० देखि ५५ जनासम्मको मृत्यु भइरहेको तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ । अक्सिजन उत्पादक उद्योगीहरुले पछिल्लो समय अक्सिजनको माग वृद्धि भएको बताएका छन् । दोस्रो लहर सकिएपछि अक्सिजनको माग सामान्य अवस्थामा भरेको थियो । अहिले त्यो सामान्यभन्दा दोब्बर माग रहेको उद्योगीहरुको भनाइ छ ।
दोस्रो लहरको कोरोनाको समयमा अक्सिजन अभाव भएर विरामीका आफन्तहरु अक्सिजन उद्योगमा नै गएर लाइन बस्ने गर्थे । सरकारले उपत्यकाका सबै अस्पताललाई अक्सिजनको कोटा नै तोकिदिएको थियो । पछिल्लो समय पनि कोरोनाका बिरामी वृद्धि भइरहे पनि त्यही अवस्था दोहोरिन सक्ने चिन्ता छ ।
एभरेष्ट अक्सिजन उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेका अनुसार दोस्रो लहरको कोरोना संक्रमण कम भएपछि विस्तारै अक्सिजन माग कम भएको थियो । तर अहिले अक्सिजनको माग वृद्धि भएको उनले बताए । घिमिरेले भने, ‘पछिल्लो समय अक्सिजन ग्यासको माग वृद्धि भएको छ । तर पहिलेको जस्तो अभाव अब नहोला भन्ने आशा छ ।’
घिमिरेसँग नयाँ र पुराना १० हजार अक्सिजन सिलिन्डर छन् । पहिले ५ हजार मात्रै अक्सिजन सिलिन्डरको माग रहेकोमा अहिले पूर्ण क्षमतामा उद्योग सञ्चालन भइरहेको उनी बताउँछन् । पछिल्लो समय धेरै अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरेका छन् । ती प्लान्टबाट पनि अक्सिजन उत्पादन भई प्रयोगमा आउने छन् । डाक्टर र अस्पतालको अभावले कोरोनाका विरामीहरुलाई समस्या पर्न सक्ने भएकाले पहिले नै तयारी गर्नुपर्ने घिमिरे बताउँछन् ।
अक्सिजन उत्पादक संघका उपाध्यक्ष विरेन्द्र साघांईले पनि अक्सिजनको माग वृद्धि भएको जानकारी दिए । उनले भने, ‘पछिल्लो समय कोरोनाका विरामी वृद्धि भएर नै अक्सिजनको माग क्रमशः वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमणको अवस्था हेरेर मात्रै अक्सिजनको मागबारे थाहा हुने छ ।’

अक्सिजन किन महत्वपूर्ण ?

कोभिडका बिरामीको गम्भीर अवस्था हुँदा फोक्सोले काम गर्न छोड्ने भएकाले अक्सिजनको आवश्यकता पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘फोक्सोले काम गर्न छोड्दा शरीरका अरु अङ्ग पनि ड्यामेज हुन सक्छन् । त्यसैले, यसबाट बचाउनका लागि बिरामीलाई अक्सिजनको आवश्यक पर्छ,’ पुनले भने ।
कोभिडसँगै नियमितरूपमा दम, निमोनिया तथा अपरेसन गरेका बिरामीलाई अक्सिजन आवश्यक पर्छ । बिरामीको अवस्थानुसार अक्सिजनको मात्रा आवश्यक पर्ने चिकित्सकको भनाइ छ । कोभिडका बिरामीहरूलाई अन्य बिरामीको तुलनामा अक्सिजनको बढी आवश्यक पर्ने उनीहरू बताउँछन् ।
नेपालमा २२ वटा अक्सिजन उत्पादन गर्ने उद्योगहरू सञ्चालमा रहेका छन् । नेपालमा ६.५ र ७ क्यूभी लिटर अक्सिजन ग्यास अस्पतालमा प्रयोग हुने गरेको छ । भने १.५ क्यूभीको सिलिन्डर प्रायः घरमा प्रयोग हुन्छ ।
१.५ क्यूभी अक्सिजनको ग्याससहित करिब ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पर्छ । यसमा अक्सिजनको मूल्य भने २५० रुपैयाँ मात्रै हो । खालि सिलिन्डर फिर्ता गरेपछि अक्सिजनको पैसा काटेर अरु पैसा बिक्रेताले फिर्ता दिन्छन् । बिरामीको अवस्था हेरेर ६ देखि ८ घन्टासम्म अक्सिजन प्रयोग गर्न सकिन्छ । अक्सिजन उद्योगअनुसार मूल्य तलमाथि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! बास्तविकता यस्तो रहेछ

त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो ।

फेरि लकडाउन हुने सम्भावना कति ?

उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ ।

स्वास्थ्य मन्त्रालयले भने “लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन “

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

माधव नेपाल : आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहन्छ

एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहने बताएका छन ।

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search