शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

नेपालसंग कोरियाले यस्तो माग राखेपछि कोरियाको भाषा परीक्षा उत्तीर्ण गरेका पनि जान नपाउने !

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।
यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ । सिधा उडानका लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए ।
१० हजारभन्दा बढी कामदार भाषा परीक्षा उर्तीण गरेर लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन् । पहिलो लहरको महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।
‘सुरुमा कोरियामा महामारी फैलिएको भन्दै नेपाली पक्षले भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन बन्द गरेको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समयमा कोरियाले हामीकहाँ महामारी फैलिएकाले कामदार लिन ढिला गरिरहेको छ।’ तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरू भने सरकारले पहल नगर्दा कोरिया जान नपाएको दाबी गर्छन्।
केही समयअघि कोरिया सरकारले काठमाडौंबाट सिधा हवाई उडान हुनुपर्ने, कोरिया पुगेपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको खर्च कामदारले बेहोर्ने सर्तमा रोजगारी सुरु गर्न सहमति जनाएको थियो। तर महामारीको कारण देखाउँदै हवाई कम्पनीले सिधा उडान गर्दा पहिलाकोभन्दा बढी भाडा लिन खोजेको तर संसदीय समितिले थप आर्थिक भार नपर्ने गरी कामदार पठाउन निर्देशन दिएकाले समस्या देखिएको विभागका कर्मचारी बताउँछन्।
‘संसदीय समितिको निर्देशनपछि कामदारलाई कसरी कोरिया पठाउन सकिएला भन्नेबारे सोचिरहेका छौंं,’ महानिर्देशक दवाडीले भने, ‘कामदार कोरिया लैजाने हवाई जहाजका लागि टेन्डर निकाल्ने प्रक्रियामा छौं। त्यसैले अझै बन्द रोजगारी सुरु हुन केही समय लाग्ने देखिन्छ।’
भाषा परीक्षा उत्तीर्ण गरेकाहरू भने सरकारी निकायले अलिकति मेहनत गर्ने हो भने सफल हुने दाबी गर्छन्। ‘कोरियन रोजगारदाता भाषा परीक्षा उत्तीर्ण गरेकालाई लैजान इच्छुक छन्,’ भाषा परीक्षा उत्तीर्ण गरेका सागर प्रसाईले भने, ‘सरकार गम्भीर हुने हो भने कोरिया रोजगारी चाँडो सुरु हुन्छ।’
भाषा परीक्षा उत्तीर्ण गरेको लामो समयसम्म कोरिया जान नपाएकाले सरकारका कारण ठूलो आर्थिक क्षति भइरहेको गुनासो गरेका छन्। कोरियामा न्यूनतमा मासिक पारिश्रमिक एक लाख ९० हजार रूपैयाँ हुन्छ। अधिकांशले ओभरटाइमको सुविधा पाउने भएकाले मासिक कमाइ तीन लाख रूपैयाँसम्म पुग्ने बताइन्छ। सन् २०२० मा करिब सात हजारलाई कोरियामा रोजगारी दिने तयारी थियो।
महामारीका कारण भाषा परीक्षा पनि अनिश्चित बनेको छ। विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार महामारी बढेकाले भाषा परीक्षा अनिश्चित बनेको हो। दुई वर्षदेखि कोरियन भाषा परीक्षा हुन सकेको छैन। कोरोना महामारी सुरु हुनुअघि हरेक वर्ष भाषा परीक्षा हुन्थ्यो। कोरियाले रोजगारी अनुमति प्रणाली अन्तर्गत नेपालबाट सन् २००७ पछि कामदार लैजान थालेको हो।
रोजगारदाताको मागको आधारमा कोरिया सरकारले हरेक वर्ष नेपालबाट लैजाने कामदारको कोटा निर्धारण गर्छ। भाषा परीक्षा उत्तीर्ण गरेर हालसम्म करिब ६० हजार नेपाली कोरिया गएकामा ४० हजारजति उतै रहेको बताइन्छ। भाषा र सीप परीक्षा उत्तीर्णलाई रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले मन पराएका श्रमिकलाई बोलाएर काम दिन्छन्।
रोजगारदाताको मागको आधारमा कोरिया सरकारले हरेक वर्ष नेपालबाट लैजाने कामदारको कोटा निर्धारण गर्छ। भाषा परीक्षा उत्तीर्ण गरेर हालसम्म करिब ६० हजार नेपाली कोरिया गएकामा ४० हजारजति उतै रहेको बताइन्छ। भाषा र सीप परीक्षा उत्तीर्णलाई रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले मन पराएका श्रमिकलाई बोलाएर काम दिन्छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

राप्रपाको चुनाव अझै सुरु भएन, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search