सोमवार, मंसिर १३, २०७८
spot_img

प्रहरीको नजर मास्क नलगाउनेमाथि: सवारी रोकेर चेकिङ

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडकमा सवारी रोकेर सचेतना फैलाउन थालेका छन् । कोरोना महामारी कै कारण लगातार हुने ट्राफिक जाँच नभए पनि विभिन्न स्थानमा मोटरसाइकल तथा सवारी रोकेर सोधपुछ गरिरहेको देखिन थालेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

यसबारे ट्राफिक प्रहरीका प्रवक्ता तथा एसपी सन्जीव शर्मा दास त्यसरी भइरहेको लाइसेन्स तथा बिलबुक जाँच नभएर सचेतनाका लागि गरिएको आह्वान रहेको बताउँछन् ।

‘सामान्य अवस्थामा जस्तो चेकिङ गरेका होइनौं,’ प्रवक्ता शर्माले नेपाल प्रेससँग भने, ‘हामीले रोकर मास्क नलगाइ हिँड्नेलाई मास्क लगाउन र कोरोना संक्रमणको जोखिम बढेकाले सकेसम्म कम यात्रा गर्न सुझाउन थालेका छौं । त्यसैले गर्दा एक–एक जनालाई रोकेर चेकिङ गरे जस्तो देखिएको हो ।’

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि काठमाडौँ उपत्यकामा प्रहरीले कडाइ गर्न थालेको छ। जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने सर्वसाधारणलाई राख्न प्रहरीले ठाउँठाउँमा होल्डिङ सेन्टर बनाएको छ। मास्क नलगाउने, दूरी कायम नगर्नेलाई राख्न होल्डिङ सेन्टर बनाइएको हो। यससँगै प्रहरीले ‘तपाईंको मास्क खै?’ अभियान सञ्चालन गरेको छ।

कोरोना संक्रमितको संख्या हरेक दिन उकालो लाग्न थालेपछि सरकारले काठमाडौँ उपत्यकामा बिहीबारदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ। पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा १ हजार ९ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार