बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

यसरि मिल्यो सफलता, भोक लाग्दा खाना नहुँदा लाइनमा बसेर माग्ने यी युवक आज बने १४ खर्बका मालिक !

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। हरेक सफल मानिसका पछाडि अनेकन दुःखका पहाड लुकेका हुन्छन् । उनीहरुको सफलताका पछाडि अनेकन हण्डर ठक्करका विराट कथा पनि लुकेका हुन्छन् । सानोतिनो मेहनतले मानिस सफल हुन सक्दैनन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **
किनकी, शिखर चुम्ने कुरा आफैंमा सबैभन्दा ठूलो विषय हो । यस विषयलाई राम्रोसँग बुझेका मानिस आफनो जिन्दगीमा सफल हुन्छन् । उनीहरुले नाम र दाम समेत कमाउँछन् ।
कोही नामले मात्रै सफल हुन्छन् भने कोही नाम र दाम दुवैमा सफल हुन्छन् । सफताका कथा सुन्दा र पढ्दा त्यसले धेरैलाई खुसी नै दिन्छ । सफलत हुन झेल्नुपर्ने अनेकन हैरानीलाई पनि पचाउन सक्ने साहस पैदा हुन्छ । किनकी, मेहनतको बलमा खडा भएको साम्राज्य मात्रै लामो समयसम्म टिक्न सक्छ । त्यसले दीर्घजीवन प्राप्त गर्न सक्छ ।
यस्तै, अनेकन दुःख र पीडापछि सफल भएका एक व्यवसायी हुन् जोमाटोका प्रमुख कार्यकारी अधिकृत । उनले एक गाँस खानका लागि नै लामो लाइन बस्नु परेको थियो । खानका लागि पैसा हुँदैन थियो, सोही कारण उनले अनेकन दुःख पाएका छन् । एक सामान्य कम्पनीको आज कूल कारोबार अर्बौमा पुगेको छ । उनको कम्पनीको बजार मूल्यमात्रै भारु. १ लाख करोड बराबर पुगेको छ ।
भारतीय नागरिक र व्यवसायिक घरानाका लागि जोमाटो एक चीरपरिचित नाम हो । उक्त कम्पनी सूचना प्रविधिमा आएको परिवर्तनपछि खडा भएको कम्पनी हो । अनलाइन कारोबार गर्ने सो कम्पनीले भारतीय नागरिकलाई घरमै बसेर अर्डर गर्ने बित्तिकै खाना आइपुग्छ ।
नेपालको हकमा भन्दा फुडमाण्डू, पठाओ फुड, भोज भने जस्तै हो । जहाँ तपाई घरमै बसेर पनि खाना मगाउन सक्नुहुन्छ । आजको समयमा शहरी क्षेत्रमा बस्ने मानिस यस्तै खाना ल्याउने एपमा निर्भर रहेकाछन् । एक मामूली कम्पनी आज १ लाख करोड भारु बराबरको भ्याल्यू पुगेको छ ।
कम्पनीको काम बदलियो, तरिका बदलियो, र कम्पनीकै भाग्य पनि बदलियो । तपाईले थाहा पाउन सक्नुहुन्छ यसको पछाडि एउटा यस्तो सोचले काम गरेको छ । एक सानदार आइडियाका कारण कम्पनी मात्रै सफल भएन, हजारौ मानिसलाई प्रविधिको माध्यबाट रोजगारी समेत दिएको छ ।
शुरुवाती चरणमा १० जनाबाट शुरु भएको काम आज हजारौमा पुगेको छ । उक्त सान्दार सोचको पछाडि एक भारतीय युवाको विराट सोच थियो । त्यो सोचका धनी थिए –दिपिन्द्रर गोयल र पंकज चड्डा ।
खाना पुर्याउने कम्पनी जोमाटोको सेयर भारतीय सेयर बजार बिएसइमा चढ्ने क्रममा रहेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता ११५ भारु बराबर रहेको छ । जोमाटोको सेयर बजारमा सूचीकृत भए लगत्तै तिव्र गतिमा उकालो लागेको हो ।
कम्पनीको सेयर लगातार उकालो लागेर १३८.५० भारुमा कारोवार भउको थियो । कम्पनीको कूल बजार पूँजीकरण १ लाख करोडभन्दा बढी हुन पुगेको छ । कूल बजार पूँजीकरणका आधारमा हेर्दा सो कम्पनीको स्थान ४५औं स्थानमा रहेको छ । तिव्र गतिमा सेयर मूल्य बढ्ने केही कम्पनीमध्ये यो पनि एक हो ।
जोमाटो एक फूड एग्रिगेटर एप हो । जसमा तपाईंको आसपास रहेका कयौं होटल तथा ढावाको मेन्यू रहेको छ । उक्त मेन्यू कार्डबाट तपाईले आफूलाई मनपर्ने खाना अर्डर गरेर मगाउन सक्नुहुन्छ । यसबाट तपाईको समय बच्नेछ । तपाईलाई खाना खोज्न बाहिर निस्कनुपर्ने झण्झट पनि हट्छ । समयको वचत त छँदै छ, त्यसभन्दा बढी तपाईले खोजेजस्तै, रोजेजस्तै खाना तपाईको घर वा फ्याल्टमा आइपुग्छ । आज उक्त एपको करोडौं सक्रिय प्रयोगकर्ता रहेका छन्् ।
जोमाटो शुरु गर्नुभन्दा पहिले यसको सोच दिपिन्द्रर गोयल र पंकज चड्ढाको हो । ुसन्् २००८ मा उक्त सोच पलाएको थियो । सो समयमा उनीहरुले एक रेष्टुरेन्ट तथा फूड लिस्टिङ बेवसाइटको रुपमा कम्पनी शुरु गरेका थिए । जसलाई फुडीबे नाम दिइएको थियो । आइआइटी दिल्लमिा रहने दुई संस्थापकको जब भेट भयो, उनीहरुले एक परामर्शदाता कम्पनीको नाममा एक फर्म दर्ता गरेका थिए ।
जोमाटोका संस्थापक दिपिन्द्रर गोयलको शुरुवाती पढाई खासै राम्रो हुन सकेन । सोही कारण उनी परीक्षामा अनुत्तिर्णसमेत भए । अनुत्र्तिण भएपछि उनले गम्भीरताका साथ पढाई गरे । सोही कारण उनले आइआइटीको परीक्षा उत्र्तिण गरे । उनले इन्जिनियरिङको परीक्षा उत्र्तिण गरेपछि काम खोज्न थाले । तर, काम पाउने कुरा सहज थिएन ।
सोही कलेजबाट पढाई सकेपछि उनले सन् २००६ मा म्यानेजमेन्ट कन्सल्टिङ कम्पनी बेन एण्ड कम्पनीमा काम शुरु गरे । नोकरीको दौरान सहकर्मीसँग खाजा खाने समयमा क्याफेटेरियाको मेन्यू कार्डका लागि नै लामो लाइन लाग्नु परेको समेत उनले देखे ।
सो समय उनको मनमा एउटा यस्तो विचार हो । उनले मेन्यू कार्ड स्क्यान गरेर बेवसाइटमा राखिदिए । उनले बेवसाइटमा राख्ने बित्तिकै सो मेन्यू असाध्यै लोकप्रिय पनि भयो । त्यसपछि उनले पंकज चड्ढासँग सो बारेमा कुरा गरे ।
कुनै समय जोमाटोले केवल आफनो बेवसाइटमा विज्ञापनको माध्यमबाट आफनो कमाई गरिरहेको थियो । नोभेम्बर २०१३ मा सिकोइया क्यापिटल कम्पनीले ३७ मिलियन डलर बराबरको फण्डिङको नेतृत्व गरेको थियो । सो समयमा दुई लगानीकर्ता, सिकोइया तथा हालका लगानीकर्ता इन्फो एजले जोमाटोको १५० मिलियन बराबरको मूल्यांकन गरे । त्यसपछि उनीहरु क्रमशः अगाडि बढीरहे र सफलताको शिखर समेत चुमे ।
कोही कसैलाई पनि यो विषय कल्पना भन्दा बाहिरको थियो । किनकी, उनीहरु यसरी अगाडि जालान् भन्नेमा कोही कसैले पनि शुरुमा पत्याएका थिएनन् । यो सफताको कथा एउटा दलित परिवारको व्यक्तिको थियो । किनकी, दलितलाई मानिस नै नमान्ने प्रचलन अझै पनि समाजमा व्याप्त छ । तर, जुन सफता आज प्राप्त भएको छ, त्यो अरुहरुका लागि समेत प्ररेणाको कथा हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १० कक्षाका १७ छात्राको स्कुलमै यौनशोषण

विधायकका अटवालका अनुसार पीडित परिवारले उनीसँग सम्पर्क गरेपछि उनले एसएसपी अभिषेक यादवसँग कुरा गरे र त्यसपछि जाँच सुरु गरियो ।

अब बेलायत जाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! बास्तविकता यस्तो रहेछ

त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो ।

फेरि लकडाउन हुने सम्भावना कति ?

उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search