पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर पारश र हिमानीको छोरीले (भिडियो)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् । सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

उनी सामाजिक संजालमा सक्रिय छिन् । इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन् । उनको लुगा लगाईको शैलि निकै नै शालिन र भद्र छ । आमा हिमानी जस्तै उनको पहिरन लगाउने शैलि मनमोहक छ । उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन् । तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन । किनभने, उनको लुगा लगाउने शैलि निकै आकर्षित छ ।

नेपालमा राजतन्त्र समाप्त नभएको भए पारश शाह र हिमानीको जेठि छोरी भएकै कारणले पूर्णिका नेपालको पहिलो महिला राष्ट्रप्रमुख हुने संभावना थियो । सन् २००८ मा राजतन्त्र समाप्त हुनु भन्दा अगाढी राजा हुने लाईनमा पुर्णिका थिइन् । तर, राजकाज भने हृदयेन्द्रको हातमा हुने प्रचलन कायमै थियो । त्यसैले, पूर्णिका राष्ट्रप्रमुख हुने संभावना थियो । तर, दुर्भाग्यवस न त राजतन्त्रनै रह्यो न त पूर्णिका राष्ट्रप्रमुखनै हुन पाइन् ।

सन् २०००६ मा पुरुषलाई प्राथमिकता दिने सो प्रचलनको अन्त्यका लागि कानुन बनाइएको थियो । सो कानुन अनुसार पूर्णिका राजा हुन पाउने थिइन् । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा सो कानुन बनाउन पहल गरिएको थियो । सो समाचार अन्तर्राष्ट्रिय मिडियामा समेत सार्वजनिक भएको थियो । राजपरिवारमा लैंगिक भेदभाव अन्त्यको लागि सो कदम सराहनिय थियो ।

सन् २०१५ मा जारी संविधानपछि नेपाल गणतान्त्रीक देश उल्लेख भएसँगै राजतन्त्रको अन्त्य हो । सन् २००८ पछि त्यसपछि पारश सिंगापुर गए । त्यसको दुई हप्तापछि हिमानी र तीन छोराछोरी सिंगापुर पुगे । हिमानीले आफ्ना सन्तानलाई सिंगापुरमै शिक्षा दिलाउने योजना बनाएकि थिइन् । तर, पारशको चालचलनले गर्दा हिमानी नेपाल फर्किन् । पारशको कहिले प्रेमिका बारेमा चर्चा चल्यो त कहिले जे पाए त्यहि खाएको भन्दै नियन्त्रणमा परे ।

पूर्णिकाको पहिलो राजपरिवार सदस्य हुन जस्ले आफैँ जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाएकि थिइन् । यसअघि राजपरिवारको सदस्यले आफ्ना सहयोगीलाई पठाएर नागरिकता बनाउने गर्दथे । उनी राजपरिवारको पहिले सदस्य हुन जो आफैँ जिप्रका गएर नागरिकता बनाइन् । नागरिकता बनाउने बेलामा उनको चर्चा चुलिएको थियो ।

धेरै संचारमाध्यममा उक्त समाचार आएको थियो । नागरिकता बनाउने बेला कर्मचारीले अभिभावक बोलाउन आग्रह गरेका थिए । अभिभावकका रुपमा पूर्णिकाले आफ्नो आमा हिमानीलाई बोलाएकि थिइन् । हिमानीले सनाखत गरेपनि पूर्णिकाको नागरिकतामा पारश र हिमानी दुवैको नाम थियो । पूर्णिका हाल थाइल्याण्डमा अध्ययनरत छिन् । नेपालको महारानी नभएपनि पूर्णिकालाई हार्दिक शुभकामना । समाजसेवामा सक्रिय पूर्णिकाको उज्जवल भविष्यको कामना ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार