यस्तो शक्ति प्रचण्डलाई कहाँ बाट आयो ? यस्तो घोषणा गरे !

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ’, दाहालको प्रतिवेदनमा उल्लेख छ। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा दाहालले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तर्क गरेका थिए। उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारका रूपमा व्याख्या गरेका छन्।

प्रतिवेदनमा दाहालले पार्टीको राजनीतिक वैचारिक धार परिवर्तन गर्नेसमेत उल्लेख गरेका छन्। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै आगामी निर्वाचनसम्म राजनीतिक वैचारिक धार बलियो बनाउने प्रतिवेदनमा उल्लेख छ।

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको समेत औंल्याएका छन्। स्तान्तरण गर्न बाँकी रहेको उनले बताएका छन्। ‘बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भयो, सात प्रदेश र प्रवास गरी आठ प्रदेशका केन्द्रीय सदस्यहरूबीच समूहगत रूपमा छलफल गरी सुझाव दिने कार्यक्रम छ’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। उनका अनुसार अध्यक्ष दाहालले अहिलेको राजनीतिक परिस्थिति र सरकार सञ्चालनबारे धारणा राख्दै प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा माओवादी नेतृत्वले मुलुकको राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको दाबी पनि गरिएको छ। अब उसले यसलाई संगठनात्मक शक्तिका रूपमा रूपान्तरण गर्ने सोच बनाएको छ। ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ।

त्यसैले अब परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादीले लिनुपर्छ,’ दाहाललाई उद्धृत गर्दै बस्नेतले भने। दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको भन्दै गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम पनि आफ्नो पार्टीले नै गरेको दाबी गरेका छन्।

दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्।

प्रतिवेदन पेस गर्दै उनले बलियो भएका छौं भनेर ढुक्क हुन भने नमिल्ने बताए। ‘बलियो छौं भनेर ढुक्क हुने स्थिति छैन। परिवर्तन उल्ट्याउन खोज्ने तत्वले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन्, हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ।

प्रतिगमनलाई परास्त गर्ने र रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनु हुँदैन, प्रतिगमन रोक्ने यात्रा अघि बढाउनु छ। साथसाथै अभियानकै रूपमा संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ’, प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमा यो खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार