नेपालीले सम्झिए पूर्वप्रधानमन्त्री केपी ओली अफगानिस्तानमा रहेका

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्– तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।

अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा शनिबार बेलुकीसम्म कुनै समाचार बाहिर आएको छैन ।यता नेपाल सरकार बाट आधिकारीक रुपमा अफगानिस्तामा रहेका आफ्ना नागरिकलाई कसरी ल्याउने कुनै योजना बनाएको छैन ।

यता अफगानिस्तानमा रहेका नेपालीलाई सरकारले तुरुन्तै उद्धार गर्नुपर्ने परराष्ट्र विज्ञ दिनेश भट्टराईले सुझाव दिनुभएको छ  । उहाँले नेपालीलाई त्यहाँ लाने कम्पनी र उनीहरू काम गरिरहेको संस्थासँग कुराकानी गरेर फिर्ता ल्याउने पहल गर्नुपर्ने बताउनुभयो  । ‘छिटो गर्नुपर्‍यो, नत्र ढिलो हुन सक्छ किनकि त्यहाँ द्वन्द्व बढिरहेकै छ,’ उहाँले भन्नुभयो ।

अर्का परराष्ट्र मामिलाविज्ञ राजन भट्टराईले सरकारले यसअघि कोभिड–१९ संक्रमणका बेला चीनको बुहान र सन् २०१६ मा अफगानिस्तानमा बम विस्फोट हुँदा नेपाल सरकारले आफ्ना नागरिकलाई फर्काएको उल्लेख गर्दै अहिले पनि नेपालीलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुहुन्छ  । ‘अहिलेको अवस्थामा सरकारको ध्यान आन्तरिक राजनीतिमा भन्दा नेपालीको ज्यान जोगाउनका लागि हुनु आवश्यक छ,’ उहाँको सुझाव छ । वैदेशिक रोगारीको शिलशिलमा अफगानिस्तानमा रहेका नेपालीहरुले यतिवेला पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिएका छन् ।

उनिहरुले जनता टाइम्ससंगको टेलिफोनका क्रममा भने यो सरकार हाम्रा लागि बनेको हैन विदेशमा रहेका आफ्ना नागरिकका लागि रहेछन् अन्य देशले आफ्ना नागरिकको उद्धार गरेका छ, विगतमा केपी ओली नेतृत्वको सरकार हुँदा अफ्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न तत्काल पहल गरिएको सम्झदै उनले भने हाम्रो लागि यो सरकार संग कुनै आसनै रहेन । वैदेशीक रेमिट्न्यासबाट देश चलेको छ तर हाम्रो जीउ ज्यानको कुनै वास्ता छैन नेपाल सरकारलाई उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार