राष्ट्रपति भवनमा सत्ता सुम्पिने तयारी, अफगानिस्तान सरकारले घुँडा टेक्यो तालिबानीको अगाडि

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा तालिबानी लडाकुहरु प्रवेश गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार ३ अफगानी अधिकारीहरुले तालिबानीहरु काबुलको सीमाभित्र प्रवेश गरेको पुष्टि गरेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

यसअघि तालिबानीले सबै बोर्डर क्रसिङहरु कब्जामा लिइसकेका छन् । अब तालिबानीहरुले ट्रान्जिसन फेज अर्थात सत्ता परिवर्तनको माग गरेका छन् । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जकवालले पनि यसको पुष्टि गरेका छन् ।

टोलो न्यूजका अनुसार मिर्जकवालले भने ‘काबुलमा आक्रमण हुने छैन । सत्ता परिवर्तन शान्तिपूर्ण ढंगले हुनेछ ।’ उनले काबुलको सुरक्षाको जिम्मेवारी सुरक्षा फौजको भएको बताए । समाचार अनुसार तालिबानी वार्ताकार राष्ट्रपति भवन जाँदैछन् । त्यहाँ सत्ता हस्तान्तरणका विषयमा वार्ता हुनेछ । यसअघि तालिबानले पनि एक बयान जारी गर्दै आफूले काबुलमा शक्तिको बलमा कब्जा गर्न नचाहेको बताएको थियो ।

तालिबानको बयानमा उनीहरुले आफूहरुले सत्ताको शान्तिपूर्ण हस्तान्तरण चाहेको बताएका थिए । बयानमा यदि सत्ता परिवर्तन सहज र शान्तिपूर्ण ढंगले भएमा कुनै किसिमको जनधनको क्षति नगरिने भनिएको थियो ।

अहिलेसम्म काबुलको सीमामा कुनै किसिमको संघर्ष भएको छैन । तालिबानीहरु काबुलको कलाकान, काराबाग र पगमान जिल्लामा पुगेका छन् । यसलाई देखेर सरकारमा पनि चिन्ता देखिएको छ । आइतबार कार्यालयका कर्मचारीलाई पनि छिटो घर पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार