महासंघको माग प्रधानमन्त्रीसमक्ष पत्रकार -हाम्रो पार्टीले ध्यान दिएन खेलकुदमा, ओलीका सबै नियुक्ति खारेज गर्नुस्

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका सचिव जयसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिन र यसअघिको ओली सरकारले गरेका नियुक्ति खारेज गर्न माग गरेका छन् ।**यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ** 

उनले मागसहित बुझाइएको ध्यानाकर्षण पत्रमा ‘देउवा प्रधानमन्त्री भएकोमा सञ्चार जगत उत्साहित भएको’ समेत उल्लेख गरेका छन् ।

पत्रकार महासंघ प्रदेश कमिटी सचिवको हैसियतमा केसीले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा पत्रकारका समस्याबारे भने केही उल्लेख छैन ।

प्रधानमन्त्री देउवासमक्ष उनले पेश गरेको पत्रमा भनिएको छ– कोभिङ १९ ले देशमा निराश छाइरहेका बेला सम्मानीय प्रधानमन्त्रीज्यूले पदभार सम्हालेपछि जनतामा नयाँ उत्साहको संचार गराएको छ । इतिहासको एउटा कठिन घडीमा बनेको सरकारले जनताको चाहना, भावना र आवश्यकतालाई महशुस गरेर धेरै काम गर्नसक्ने अवस्था छ ।

त्यसैगरी केसीले जनताको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकता भएको र सरकारले पनि त्यसमा आफनो ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।

पत्रकारहरुको छाता र साझा संस्थाको जिम्मेवार पदाधिकारीले पत्रकार महासंघको नाम र पदीय हैसियत दुरुपयोग गरेर नेपाली कांग्रेसको कार्यकर्ताले बुझाउने जस्तो ज्ञापनपत्र बुझाएको भन्दै पत्रकार सम्वद्ध संघसंस्थाले केसीको आलोचना गरेका छन् ।

प्रेस चौतारी नेपालका सचिव भरत केसीले पत्रकार महासंघका सचिवले पदको चरम दुरुपयोग भएको भन्दै तत्काल पत्रकार महासंघको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघका प्रदेश समिति महासचिव विक्रम खड्काले पत्रकार महासंघले अहिले कुनै पनि प्रकारको ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम नभएको भन्दै जयसिह केसीको नितान्त व्यक्तिगत विषय भएको बताए । यस्ता व्यक्तिगत इच्छाका काममा पत्रकार महासंघलाई नजोड्न उनले सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार