आजको शेयर कारोबारले केही संकेत गरेका यी हुन्

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं।  पुँजी बजारमा ठुला लगानीकर्ताहरूलाई निरुत्साहित गर्नेगरि शुक्रवार जारी भएको मौद्रिक नीतिको प्रभाव साताको पहिलो कारोबारमा अनौठो ढङ्गले देखिएको छ । आइतबार नेप्से परिसूचक घटेको छ भने कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

मौद्रिक नीति पछिको शेयर बजार कस्तो होला भन्ने जिज्ञासा साना तथा ठुला सबै लगानीकर्ताहरूमा थियो । बजारले ‘कन्फिडेन्स’ गुमाउने चिन्ताका कारण लगानीकर्ताका नेताहरू अर्थमन्त्रीसमक्ष गुहार माग्न पुगे । यसले प्रस्ट पार्छ बजारमा ठुलै हलचल आएको छ ।

तर, आइतबारको कारोबार रकम हेर्दा ‘लौ सखापै भयो’ भनिहाल्नु पर्ने अवस्था देखिँदैन । कारोबार रकम ऐतिहासिक रेकर्ड कायम गर्दै २१ अर्ब ६४ करोड माथि पुगेको छ । जुन गतिमा बजार घट्ने अनुमान थियो त्यस्तो भएन ।

त्यसो त बजार खुल्नासाथ एक ढंगको निराशा छाएको थियो । जुन पाँच मिनेट पनि टिकेन । र, केहिबेरमा नै बजार निकै माथि ३१ सय ८७ विन्दुमा पुगेको थियो । त्यसपछि पुनः गिरावट देखिएको नेप्से कारोबारको डेढ घण्टामा ३१ सय ५ विन्दुमा झर्‍यो । त्यसपछि समालिएको बजार अन्ततः ३१ सय ५४ दशमलव ३४ विन्दुमा बन्द भयो ।

यसले के देखायो भने आज साताको पहिलो कारोबार गर्दा लगानीकर्ताहरू दोधारको अवस्थामा रहेका थिए । कारोबार रकम जति नै ठुलो भए पनि त्यो कारोबार विवेकपूर्ण ढङ्गले गरिएको होइन भन्ने बजारमा देखिएको उतार चढावले स्पष्ट पार्छ ।

आजको कारोबारले देखाएको अर्को सङ्केत के पनि ओ भने साना लगानीकर्ताहरूले पनि बजारलाई अस्थिर पार्न ठुलै योगदान गरे । परिपक्व लगानीकर्ताहरूबाट आज सायदै कारोबार भयो । किनकि ठुला लगानीकर्ताहरूको सक्रियता रहेको कारोबारमा यस्तो उतारचढाव देखिँदैन ।

नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ जस्ता उद्योगी व्यापारीहरूको छाता सङ्गठनहरूले पुँजी बजारलाई प्रतिकुल प्रभाव पार्नेगरि मौद्रिक नीति जारी भएको टिप्पणी औपचारिकरुपमा नै गरिसकेको अवस्था छ । त्यसले लगानीकर्तालाई निरुत्साहित पार्छ भन्ने कुरा उनीहरूले बताइसकेका छन् ।

तर, के आजको कारोबार हेर्दा लगानीकर्ता निरुत्साहित भएको अवस्था भन्ने सकिन्छ ? अवस्था त्यस्तो छैन । किनकि सामान्य ढङ्गले बढ्दो बजारमा बेच्ने र घट्दो बजारमा शेयर किन्ने सूत्र आजका लगानीकर्ताहरूले अवलम्बन गरेको देखियो । अब आफूहरूले पनि शेयर धितोमा मार्जिन कर्जा प्राप्त गर्न सक्ने स्थिति बन्ने भयो भनेर उत्साहित भएकाहरू अव बजार घट्ने भयो भन्दै आत्तिएर निस्किन खोज्नेका लागि आज ग्राहक बने ।

समग्रमा आजको बजारको गति र उतारचढाव युक्त उच्च कारोबारले के स्पष्ट पारेको छ भने तुरुन्तै नेप्से परिसूचकमा पहिरो गइहाल्ने अवस्था छैन । सचेत लगानीकर्ता निस्कने र केही दीर्घकालीन सोच बनाएका लगानीकर्ताहरूले शेयर थप्ने प्रक्रिया अझै केही साता रहन सक्छ । तथापि के चाहिँ अनुमान गर्न सकिनछ भने मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडी जसरी बजार उत्ताउलो ढङ्गले माथि चढ्दै थियो त्यो चाहिँ केही समय पक्कै पनि रोकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार