ऋचा आमा बन्ने दिन नजिकिएसँगै ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट बाहिरिने घोषणा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट ऋचा शर्मा बाहिरिने भएकी छिन्। ऋचाले ‘कमेडी च्याम्पियन-२’ टप ५ मा पुग्दै गर्दा आफू निर्णायकबाट हट्न लागेको घोषणा गरेकी हुन्। उनले शुक्रवार प्रसारित एपिसोडमार्फत शो छोड्न लागेको कुराबारे खुलाएकी हुन्।

‘यो मेरो अन्तिम एपिसोड पनि हुन सक्छ। तर, डाक्टरले चेक गरेर के भन्नुहुन्न। यदि डाक्टरले अझै काम गर्न सक्नुहुन्छ भन्नुहुन्छ भने अर्को एपिसोडमा देखिहाल्नु हुनेछ। यदि भएन भने सिजन ३ छँदै छ,’ उनले भनेकी छिन्। ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन्। आमा बन्ने दिन नजिकिएपछि उनले शो छाड्न लागेकी हुन्। सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई पहिलो सिजनबाट नै शोको निर्णायकको रुपमा छन्।

नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफू गर्भवती रहेको जानकारी दिएकी हुन्। श्रीमान दीपेक्ष राणासँगै वृक्षमा पानी हालिरहेको तस्बिर शेयर गर्दै ऋचाले आमा बन्न लागेको जानकारी साझा गरेकी हुन्। नयाँ जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमानले सजीवनको रुख रोपेको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौँ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस् भन्ने तपाईँहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’ ऋचाले आफ्नी आमा र अहिले पेटभित्र हुर्कँदै गरेको सन्तानबारे भावनात्मक सन्देश लेखेकी छन्।

‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ’, ऋचाले लेखेकी छन्, ‘आज तपाईंहरु माँझ यो ख़ुशी बाँड्न पाउँदा सम्पूर्ण महसुश भइरहेको छ।’ ऋचाले अघि भनेकी छन्, ‘मेरी आमा पनि पर क्षीतिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार