ओली र माधवले अन्तिममा आएर यो के गरे ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित वि’द्रोहको तयारी गरेको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न वि’वाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै वि’द्रोहको तयारी गरेको हो।

‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट वि’द्रो’हका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनुभएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने। ओलीले एमालेभित्र छिर्न नदिएपछि नेपालले वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढाउन थालेका हुन्।

‘अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड छ तर यही स्थितिमा कहिलेसम्म रहने भन्ने कुरा पनि हुन्छ। अध्यक्ष केपी ओलीजीले एकताको ढोका करिबकरिब बन्द गर्नुभयो भन्ने नेता माधव नेपालको निष्कर्ष छ’, नेपाल निकट जीवनराम श्रेष्ठले भने।

नेपाल पक्षले साउन २१ र २२ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीका कारण पार्टी एकताको सम्भावना न्यून भए पनि अन्तिम अवस्थासम्म एकताका पक्षमा पहल गर्ने निर्णय गरेको थियो । तर ओलीले एकपक्षीय रुपमा विधान संशोधन प्रक्रिया अघि बढाएपछि नेपाल समूह पनि वि’द्रोहको तयारीमा अघि बढेको हो।

नेपाल पक्षीय बैठकको निर्णयमा ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अवलम्बन नगर्ने र अन्तिमसम्म पार्टी एकताकै पहल गर्ने उल्लेख छ। बैठकका अधिकांश वक्ताले यथास्थितिमा एकता गर्न नहुने भन्दै ससम्मान एकता हुनुपर्ने धारणा राखेका भए पनि नेता नेपालले विघटित कार्यदलका सदस्यलाई चाँडै नै वि’वाद निरुपण गर्न र ओली पक्षसँग कुराकानी टुंग्याउन आग्रह गरेका थिए।

‘कार्यदलका साथीहरूलाई मैले भनेको छु संवादको विषय चाँडै टुग्याउनुस् नत्र अघि बढ्नुपर्ने हुन्छ’, बैठकमा नेपालले भनेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार