भोलि देखि ५० हजार कित्तासम्म भर्न पाइने आईपीओ खुल्दै,कहिलेसम्म दिन पाइन्छ आबेदन ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

ipo share nepal
ipo share nepal

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आउँदो सोमवार, साउन ३२ गते ४ लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाका निष्काशन गरिने भएको छ । सो आईपिओ प्रति शेयर रु.१००/- का दरले बिक्री गरिनेछ ।यस कम्पनीले ४० करोड पुँजी रकम वरावरको प्रति साधारण शेयर रु. १००/- अंकित दरका ३० प्रतिशत शेयर सार्वजनिक निष्कासनको निमित्त छुट्टयाएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सो ३० प्रतिशतले हुने आउने रु.१२ करोड रकम बरावरको प्रति शेयर रु.१००/- अंकित मूल्यको १२,००,००० कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुको निमित्त जारी पुँजीको १० प्रतिशतले हुने ४,००,००० कित्ता शेयर तथा सर्वसाधारणको लागि जारी पूँजीको २० प्रतिशतले हुने ८,००,००० कित्ता गरी कूल १२,००,००० कित्ता मध्ये यस बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीका कर्मचारीहरुको लागी (१६,००० कित्ता) २ प्रतिशत र सामुहिक लगानी कोषहरुका लागि (४०,००० कित्ता) ५ प्रतिशत छुट्ट्याई निष्काशन गरिने छ ।

पहिलो चरणमा प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाहरुका लागि मिति २०७८/०४/३२ गते बिक्रि सुरु हुनेछ भने आवेदन दिने अन्तिम दिन छिटोमा मिति २०७८/०५/१४ र ढिलोमा २०७८/०५/२९ गते हुनेछ । सो आव्हानमा न्युनतम १० कित्ता दरखास्त दिन सकिनेछ भने अधिकतम ५० हजार शेयर कित्ता रहेको छ ।

यस कम्पनीले जारी गर्न लागेको प्राथमिक निष्कासनलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरु (Moderate risk of default regarding timely servicing of financial obligations.) जनाउने[ICRANP-IR] BB- ग्रेडिङ्ग प्रदान गरेको छ । कम्पनीको २०७६/७७ को रिपोर्ट अनुसार प्रति शेयर आम्दानी १.५२ रहेको छ भने प्रति शेयर नेटवर्थ ८४.०५ रहेको छ ।

र संचित नाफा रु. ४४६६६२९/- छ । हाईड्रोपावरको आ.व.२०७६/०७७ लेखापरीक्षण भएको वित्तिय विवरण अनुसार प्रतिमेगावाट लागत २३.८ करोड रहेको छ । धितोपत्र निष्काशक तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लि. रहेको छ । हाईड्रोपावरले पहिलो चरणको स्थानीय बासिन्दाको आईपिओ निष्काशन पछि बाँकी रहेको आईपिओ क्रमशः निष्काशन गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार