फेल भएको १ प्रतिशत अंकका कारण १२ घण्टा नबित्दै छात्राको शव एक पुलमुनि भेटियो ,पास भईन मरेपछी

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बेलायतको कार्डिफ युनिभर्सिटीमा फार्मेसी विषय अध्ययनरत २१ वर्षकी छात्रा मारेड फक्सले आफू केवल १ प्रतिशत अंकका कारण फेल भएको खबर पाएकी थिइन् । परिणाम थाहा भएको १२ घण्टा नबित्दै उनको शव एक पुलमुनि चट्टानमा भेटियो । ती छात्राको सम्झना गर्दै उनका परिवारले उनी प्रिय छोरी, अद्भूत मित्र र बहिनी भएको बताएका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

मारेडको मृत्यु भएपछि उनको मृत्युको विषयमा भइरहेको अनुसन्धानमा शुक्रबार यससँग सम्बन्धित अन्य केही मानिसहरुसँग सोधपुछ गरिएको थियो । वेल्स अनलाइनका अनुसार उत्तर पश्चिमी वेल्सका अधिकारी केट सदरल्याण्डले छात्राको मृत्युको यो घटना गत वर्ष ८ जुलाइको भएको बताएका छन् । यो केसको अहिलेसम्म अनुसन्धान चलिरहेको छ ।

अधिकारीका अनुसार कैयौं मानिसहरुसँग सोधपुछ गरेपछि यी छात्रा मृत्युभन्दा १ दिन अगाडि एक फार्मेसीमा काम गरिरहेको र त्यही दिन उनले इमेलमार्फत आफ्नो परीक्षाको नतिजा थाहा पाएको खुलासा भयो । नतिजा देखेर मारेड निराश थिइन् । त्यसपछि उनी कार लिएर ब्रिटानिया ब्रिज पुगिन् । उनले कारको इन्जिन अन नै राखेर पुलबाट तल हाम्फालिन् ।

उनको शव पुलमुनि चट्टानमा पाइएको थियो । मारेडको परिवारका अनुसार उनले आफ्नो परीक्षा परिणाम परिवारलाई बताउँदै आफूले सम्बन्धित मोड्युलमा १ प्रतिशत कम अंक पाएको बताएकी थिइन् । पछि विश्वविद्यालयले उनलाई यही अंकका साथ पास गरिदियो तर पास भएको थाहा पाउन उनी जीवित थिइनन् । परिवारले उनी पास भएको उनले कहिल्यै पनि थाहा नपाउनु सबैभन्दा दुःखको कुरा भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार