तालिवानद्वारा अफगानिस्तानको राष्ट्रपति भवन कब्जा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। लडाकु समुह तालिबान अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर तालिवान लडाकुहरुले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् । तालिवानको राजधानी प्रवेशसँगै राष्ट्रपति र उपराष्ट्रपति हिजो विदेश भागेका थिए । यसले २० वर्षपछि अफगानिस्तानमा तालिवानको शासन लगभग निश्चित गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी देश छोडेर भागेका छन् । उनले छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् ।

तालिबानका प्रवक्ताले ‘शान्ति पूर्ण रुपमा शक्तिको हस्तान्तरण’ हुनु पर्ने बताएका छन् । उनले काबुलका नागरिक सुरक्षित रहेको दाबी पनि गरेका छन् । तर काबुल विमानस्थलमा भिडभाड अत्यधिक मात्रामा देखिएको छ । विदेशी, अफगान अधिकारी र अरु नागरिकहरु देश छोड्ने चाहनामा त्यहाँ पुगेका देखिएका छन् । सबै व्यवसायिक उडानहरु रद्द गरिएका छन् ।

अमेरिका, क्यानडा, बेलायत, जर्मनीसहितले आफ्ना नागरिकको उद्धारका लागि सैनिक विमानको प्रयोग गरेका छन् । तर आफूहरुको सैन्य अभियानको क्रममा सहयोग गरेका अफगानहरुको उद्धारलाई भने उनीहरुले आँखा चिम्लिएका छन् । तालिबानको कब्जामा देश गएसँगै महिलाहरुको अवस्थालाई लिएर चासो र चिन्ता व्यक्त भएको छ ।

केही क्षेत्रमा तालिबानले महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको खबर आइरहेका छन् । अति तीव्र गतिमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । मात्रै १० दिनको अन्तरालमा उनीहरुले देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार