प्रचण्ड: माओवादीको काम छैन यस्तै पारा हो भने, किताब लेखेर बस्दा हुन्छ

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो यो पार्टीको काम छैन । विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो,’ आइतबार केन्द्रीय कमिटीको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकैजस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले बताए ।

‘हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले भने, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त ? कसले गर्छ ब्रेक ? हामीले ब्रेक गर्ने हो कि हैन ? मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?’
जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’

​अहिलेको स्थिति सामान्य नरहेको प्रचण्डले बताए । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रूण रहेको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए । प्रचण्डले भने, ‘त्यसो गर्न सकेनौँ भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिँदैनौँ । हामी अरुजस्तो हैनौं भनेर फेरि एकचोटि सिद्ध गर्नुछ ।’

विगतका बैठकहरूमा नेताहरुबीच घोचपेच हुने गरे तापनि यसपटकको बैठक त्यस्तो नभएको प्रचण्डले बताए ।

आजैदेखि विधानबाट जिल्ला डिलिट भयो !

यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।

बैठकमा प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सीधै जनतामा… ।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।

जिल्ला कमिटीको साटो जिल्ला समन्वयन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार