५० मेगापिक्सेलको क्यामेरासहित रेड्मी १० सार्वजनिक हुँदै, यस्ता छन् मुख्य फिचर

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो सहायक ब्राण्ड रेड्मीका लागि नयाँ उत्पादन ल्याउने भएको छ । रेड्मी ९ को सफलतापछि कम्पनीले रेड्मी १० बजारमा सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले हालै मि डटकम एक ब्लग पोस्ट गर्दै रेड्मी १० का तस्वीरसहित महत्वपूर्ण स्पेसिफिकेशनको जानकारी दिएको छ । कम्पनीको सो पोस्टमा दिइएको जानकारी अनुसार रेड्मी १० पञ्च होल डिस्प्ले र क्वाड रियर क्यामेरा सहित आउने छ । कम्पनीले ४ जीबी र्‍याम/६४ जीबी इन्टर्नल स्टाेरेज, ४ जीबी र्‍याम/१२८ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्‍याम/१२८ इन्टर्नल स्टाेरेज गरी तीन भेरियन्टमा स्मार्टफोन ल्याउनेछ ।

यो फोन कार्बन ग्रे, पेबल ह्वाइट र सि ब्लु गरी तीन कलरमा उपलब्ध हुनेछ । एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ चल्ने फोनमा फुल एचडी प्लस (१०८०x२४०० पिक्सेल) डट डिस्प्ले रहनेछ, जसमा ९० हर्जको रिफ्रेस रेट रहेनेछ ।

फाेनमा अक्टाकोर मिडियाटेक हेलियो जी८८ चिपसेट रहने छ । फोटो र भिडिओका लागि रेड्मी १० मा क्वाड रियर क्यामेरा सेटअप हुनेछ, जसमा प्राइमेरी सेन्सर ५० मेगापिक्सेलको हुनेछ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड शुटर, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहनेछ ।

त्यस्तै ८ मेगापिक्सेलकाे सेल्फी क्यामेरा सेटअप रहनेछ । ५ हजार एमएएच रहने ब्याट्रीमा १८ वाट फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ सपोर्ट रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार