अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिएका छन्। उनले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताएका छन्। अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन्।

तालिवानले अफगानिस्तानको राज्यसत्ता नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै सरकारको आलोचना भएको छ। सरकारले भने आइतबार अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई आफ्नो सम्पर्कमा आउन आग्रह छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्ष्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको बताएको छन्। प्रधानमन्त्री देउवाले सोमबार विहान ट्विट गर्दै सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भन्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका छन्।

अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। परराष्ट्रमन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार त्यहाँ करिव १५ जति नेपाली रहेको अनुमान छ। श्रम स्वीकृति लिएर गएका करिव १५ सय भएपनि गैरकानुनी रुपमा गएका नेपालीको संख्या त्यसमा समेटिएको छैन।

‘त्यहाँ जुन जुन निकायमा नेपालीहरु हुनुहुन्छ, सम्बन्धित देशमा दूतावास निकायलाई उहाँहरुको निकायमा कार्यरत नेपालीको पनि उद्धार गरिदिन आग्रह गरेका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले डिसी नेपालसँग भनिन्, ‘त्यसबाहेक पनि बिलखीबन्धनमा परेका नेपालीहरुलाई हामीले सम्पर्कमा आउन आग्रह गरेका छौं।’

उनले अफगानिस्तानमा श्रम स्वकृति लिएर गएका नेपालीको संख्या करिव १५ सय रहेको बताइन्। अफगानिस्तानमा धेरै जसो नेपाली अमेरिका, बेलायत, इयू, जापान, जर्मन र यूएनका एजेन्सीमा कार्यरत रहेको उनीहरुले आफ्ना नागरिक उद्धार गर्दा नेपाली पनि उद्धार गरिदिने सरकारले अपेक्षा लिएको परराष्ट्रले जनाएको छ।

अहिले अफगानिस्तानलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले गर्दै आएको छ। दिल्लीस्थित दूतावासले नेपालीको उद्धारका लागि थप समन्वय गरिरहेको छ। हालसम्म नेपाली उद्धार भएको परराष्ट्रमा जानकारी नआएको बताइएको छ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराई अफगानिस्तानमा तालिवान दबदबा बढ्दै गएपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न सरकारले पहल नगर्दा समस्या बढेको बताए। ‘तालिवानले अफगानिस्तानका मुख्य सहर कब्जा गर्न थालेपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गर्नुपथ्र्यो,’ भट्टराईले डिसी नेपालसँग भने, ‘जुन जुन मुलुकका दूतावासमा कार्यरत नेपाली उनीहरु ती दूतावासलाई भनेर उद्धार गर्न सकिन्थ्यो।’

दुई दशक अघि अमेरिकी सैन्य कारबाहीबाट बिस्थापित हुनु अघि इस्लामिक कानूनका आधारमा अफगानिस्तानमा सत्ता शासन गर्दै आएको तालिबान लडाकु अहिले राजधानी काबुलपनि कब्जा गरिसकेका छन्। काबुलस्थित राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको घोषणा गरेका छन्। राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन्।

सन् २००१ को सेप्टेम्बर ११ तारिकका दिन अमेरिकाका विश्व व्यपार केन्द्रका दुई भवनमा बिमान आक्रमण गरेर हजारौँ मानिसका हत्याको अभियोग लागेका ओसामाबिन लादेनको खोजीमा अमेरिकी सैनिक अफगानिस्तान पसेको थियो। दुई दशक लामो अवधिमा अमेरिकाले आफ्नो प्रमुख शत्रु लादेनको हत्यामात्र गरेन अफगानिस्तानलाई तालिवाानको त्रासबाट मुक्तपनि गरायो।

त्यही कारण हजारौँ नेपाली रोजगारी खोज्दै अफगानिस्तान पसेका थिए। अहिले अमेरिका र उसका सहयोगी देशका सैनिक घर फर्कन थालेपछि त्यहाँ रहेको नेपालीहरुको ज्यान जोखिममा पर्न थालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार