साेधे बास्काेटाले -“कहाँ छ सरकार जनता जान्न चाहन्छन्” बस्नेतले भने-“वी मिस केपी ओली”

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तानको घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

“सार्क राष्ट्रको अध्यक्ष । यस देशको प्रधानमन्त्री । कम्फर्टेबल सरकार । जनकवी केसरीले भनेजस्तो दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन सभामुख महोदय थाहा पाएन,” उनले भने ।

बास्कोटाले त्यहाँ रहेका नेपालीको फिर्ताको व्यवस्था गर्न माग गर्दै घटनाबारे सरकारको दृष्टिकोण स्पष्ट पार्न माग गरे । उनले संसद्मा जानकारी गराउन पनि माग गरे । उनले अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति भन्दै प्रश्न पनि गरे ।

उनले भने, “सरकार कहाँ छ जनता जान्न चाहन्छन् । हामी जान्न चाहन्छौं ।” त्यसैगरि, सांसद महेश बस्नेतले ‘जनताले वी मिस केपी ओली’ भन्न थालेकाे बताएका छन् ।

‘जनताले वी मिस केपी ओली भनिरहेका छन्,’ उनले भने, ‘फेरि केपी ओलीको सरकार ल्याउनु पर्ने हो ?’ सांसद बस्नेतले एक महिनाभन्दा बढी समय भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न नसकेको बताए |अफगानिस्तानमा अलपत्र नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले अफगानिस्तानमा अलपत्र १५ हजार नेपालीलाई फिर्ता ल्याउने काममा सरकारले किन ढिलाइ गरेको भन्दै प्रश्न पनि गरे ।

‘सरकारले अनलाइन फारम भर्न लगाएर र समिति बनाएर सरकार पन्छिन मिल्छ ?’ उनले भने । सांसद बस्नेतले जनताले अहिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिरहेको बताए ।

‘वर्तमान प्रधानमनत्रीले काम गरिरहेका राजदूतलाई हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्रमन्त्री बनाउन नसक्ने, जनताको पक्षमा भूमिका खेल्न नसक्ने,’ उनले भने, ‘के फेरि आन्दोलन गर्नु पर्ने हो ? फेरि केपी ओलीको सरकार ल्याउनु पर्ने हो ? यो नेपाली जनताको आवाज छ । यसतर्फ ध्यान जाओस् । ’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार