प्राधिकरणका कर्मचारीको आन्दोलन रोकिएन नागरिक उड्डयन

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउन खोजेको भन्दै कर्मचारी ट्रेड युनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

प्राधिकरणअन्तर्गतको कर्मचारी ट्रेड युनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउन नहुने मागसहित विरोध प्रदर्शन गरेको हो । युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको टिप्पणी गरे ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ नेपालका लागि घातक भएको दावी गरे । अहिले नियमनकारी संस्था आवश्यक नरहेको भन्दै उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ संघीय संसदको राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधिसभामा पेस भइसकेको छ, तर नेपालका लागि यो कुनै पनि तरिकाले राम्रो छैन, घातक छ, अहिलेको अवस्थामा प्यासेन्जर मुभमेण्ट र राइट मुभमेण्ट नभएको अवस्थामा र रेगुलेटिभ बडी आउनु घातक हो ।

यो विचौलियाको मातहतमा आएको छ, दुईजना प्रमुख हुन पाउने लोभमै प्राधिकरण टुक्राउनु एकदमै गलत हो ।” कर्मचारी ट्रेड यूनियनले साउन २५ गतेदेखि कार्यालयअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को बिरोध गर्दै आन्दोलनरत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार