यसरी बनाउनुहाेस् स्मार्टफोनलाई टिभीकाे रिमाेट

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। टिभी खोल्न खोज्यो, हत्तपत्त रिमाेट नै भेटिँदैन । रिमोट कहिले सोफामुनी भेटिन्छ । कहिले र्‍याकतिर पर्छ । कहिले बच्चाहरूले अर्काे काेठातिर लैजान्छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

प्राय सबैको घरमा यसरी टिभी रिमोट हराइरहन्छ । टिभी रिमोट हराउने समस्याबाट मुक्त हुन पछिल्लाे समय नयाँ प्रविधि विकास भइसकेकाे छ ।

पछिल्लो समय धेरै कामका लागि स्मार्टफाेन प्रयाेग भइरहेकाे छ । अब टिभी रिमोटको रुपमा पनि यसलाई प्रयाेग गर्न सकिने भएकाे छ । यसबाट घरिघरी रिमोट खोजिरहने झन्झटबाट मुक्त हुन सकिने छ ।

स्मार्टफोनलाई कसरी बनाउने रिमोट ?
तपाईंको घरमा भएको एन्ड्राेइड टिभी (Android TV) छ भने याे लेखमार्फत् स्मार्टफानलाई रिमाेट बनाउने सकिने टिप्स सिकाउँदै छाैं । यसका लागि सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर Android TV Remote Controller एप डाउनलोड गर्नुहोस् ।

त्यसपछि उक्त एपमा तपाईंको नजिकमा रहेको टिभी खोज्नुहोस् ।

(यदि तपाईंको टिभी फरक कम्पनीबाट उत्पादन भएको हो भने प्ले स्टोरमा अरु पनि थुप्रै युनिभर्सल रिमोट कन्ट्रोलर डाउनलोड गरी चलाउन सक्नुहुन्छ ।)

एकपटक एप डाउनलोड गरिसकेपछि उक्त एपमा तपाईंले आफ्नो टिभी माेडल खोज्नुपर्ने हुन्छ ।

अब तपाईंले भर्खरै डाउनलोड गर्नुभएको टिभी कन्ट्रोलर एपसँग टिभी कनेक्ट गर्नुहाेस् । एउटा कुरा ध्यानमा राख्नुहोस कि तपाईंका दुवै डिभाइसमा एउटै वाई-फाई नेटवर्क कनेक्ट भएको हुनुपर्छ ।

अब तपाईंको एन्ड्राेइड स्मार्टफोनमा आफ्नो टिभी छान्नुहोस् र त्यहाँ देखाइएको पिन (Pin) इन्टर गरेर दुवै डिभाइस चलाउनुहोस् ।

एकपटक रिमोट कन्ट्रोलर टिभीसँग कनेक्ट भइसकेपछि अब तपाईंको फोन टिभी रिमोट बनेको छ ।

फोनको डिस्प्लेमा रिमोटमा हुने विभिन्न अप्सन (विकल्प) हरु देखिन्छन । त्यहाँ देखिने अप्सन (विकल्प) हरु छनौट गरी आफूलाई मनपरेको च्यानल, एप्स र कार्यक्रमहरु हेर्न सक्नुहुन्छ ।

यस प्रक्रियामा कतै समस्या देखियो अर्थात् मोबाइल-रिमोटले काम गरेन भने टिभीको नजिकै रहेर रिमोट चलाउनुहोस्, यसो गर्दा रिमोट र टिभीको कनेक्सनमा आएको समस्या सुधार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार