काबुलबाट आइपुगे १२७ नेपाली, अझै १५ सय श्रमिक छन् अफगानिस्तामा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १ सय २७ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अमेरिकाले उद्धार गरेको ती नेपालीहरु कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत आज(मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुन्।

उद्दार गरिएका उनीहरूलाई सुरुमा यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पु र्‍याइएकाे थियाे। र, कुबेतबाट चार्टड फ्लाइटमार्फत नेपाल ल्याइएको हो।

त्यसैगरी, व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिएर करिब १५ सय नेपाली श्रमिक अफगानिस्तान पुगेका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जम्मा दुई वटा म्यानपावर (एफएसआई वल्र्ड वाइड नेपाल प्रालि र युनिभर्सल कनेक्शन प्रालि)मार्फत २ सय ७९ जना श्रमिक अफगानिस्तान गएको बताए।

उनले भने, ‘अन्तिम दुई वर्षमा दुई वटा म्यानपावरमार्फत २ सय ७९ जना नेपाली संस्थागत रुपमा अफगानिस्तान गएको देखियो त्योभन्दा बाहेक १२ सय जना जति चाहीँ व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् ।’

उद्धारमा विभागको भन्दा पनि परराष्ट्रको महत्वपूर्ण भूमिका भएको बताउँदै महानिर्देशक दवाडीले भने, ‘उहाँ(म्यानपावर)हरुले पहिला पठाएको सबै गरेर करिब ३ सय ३७ जना कतार आइसके अरु बाँकी अफगानिस्ताको कन्धार एयरपोर्टमा ४ सय ३७ जना वटिङ्ग लिष्टमा हुनुहुन्छ भन्ने कुरा हिजो(सोमबार)सम्मको खबर थियो।’

अफगानिस्तानमा अवैधानिक नेपाली कामदारहरु पनि धेरै हुनसक्ने भन्दै महानिर्देशक दवाडीले भने, ‘ अवैधानिक नेपाली कामदार त्यहाँ हुन सक्छन । हामी कहाँबाट दुबई, कतार, इण्डिया आदि जाने र त्यहाँबाट अर्को माध्यम प्रयोग गरेर अफगानिस्तान जानु भएकाहरु हुन सक्छन्, त्यो अभिलेख हामीसँग हुँदैन।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार