ओलीसँगै संघर्ष गर्ने कि नयाँ दल निर्माण गर्ने ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आग्रहमा सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहँदा माधव समूहभित्रै नयाँ पार्टी निर्माणका विषयमा मतभेद चुलिएकाे छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

माधव समूहभित्रका कतिपय नेताहरु अहिले नै नयाँ पार्टी निर्माण गर्ने निर्णयमा जानु भन्दा एमाले एकताका लागि अझै पनि संघर्ष गर्नुपर्ने पक्षमा उभिएका छन्।

सिंहदरबारमा माधव समूहको आन्तरिक छलफलको बीचमै निस्केका सांसद झपट रावलले दल विभाजनका लागि हतार गर्न नहुने सुझाव आफूले दिएको बताए।

पार्टी एकताका लागि अझै संघर्ष गर्नुपर्ने सुझाव आफूले दिएकाे र अधिकांश नेताहरुकाे चाहना पनि त्यसविपरीत नरहेकाे उनले बताए। तर बैठकमा रावलले एकताका लागि संघर्ष गर्नुपर्ने धारणा राखेपछि वरिष्ठ नेता नेपाल उनीसँग आक्राेशित बनेका थिए।

ओली कुनै हालतमा नुसुध्रिने भन्दै नेपालले रावललाई ‘हप्काएकाे’ बैठकमा सहभागी एक नेताले बताए। नेता नेपाल आक्राेशित बनेपछि रावल बैठकस्थलबाट बाहिरिएका हुन्।

‘ओली सुध्रिने छाँट देख्नुभएकाे छ तपाइँले? ओली कुनै हालतमा सुध्रिदैँनन्, कतिन्जेल पर्खने?’ रावलकाे सुझावपछि नेता नेपाल कड्केका थिए।

कैलालीबाट निर्वाचित एमाले सांसद झपट रावल पार्टीमा भीम रावल निकट मानिन्छन्। भीम रावल ओलीप्रति नरम भएसँगै झपट रावल पनि नरम बनेकाे चर्चा एमालेमा छ।

यसैबीच वरिष्ठ नेता नेपालले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेका छन्। श्रोतका अनुसार विभाजनका लागि आवश्यक पर्ने संख्यामा केन्द्रीय सदस्यहरुको हस्ताक्षर जुटिसकेको छ।

माधव नेपालले नयाँ दल निर्माणका लागि आवश्यक कागजात र बन्दोबस्तीको व्यवस्थापनका लागि नेता राजेन्द्र पाण्डेलाई जिम्मेबारी दिएका छन्।

पाण्डे हस्ताक्षर संकलनसहित अन्य आवश्यक कागजात जुटाउन लागिपरेका छन्। एमाले विवाद उत्कर्षमा रहँदा पाण्डेले माधव नेपाल ओलीसँग मिल्न गए पनि आफू नजाने बताउने गरेका थिए।

केही दिनअघि माधव समूहको आन्तरिक बैठकमा पनि पाण्डेले माधव नेपाल गए पनि आफू केपी ओलीसँग मिल्न नजाने बताएका थिए। उनी पाण्डेलाई माधव नेपालले दल विभाजन सम्बन्धी हस्ताक्षरसहितका कागजात जुटाउने जिम्मेबारी तोकेका हुन्।

सरकारले दल विभाजन गर्न सजिलो हुने गरी आजै अध्यादेश जारी गर्दै छ। त्यसको निर्णय लिन अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार