सार्वजनिक उज्यालोका नायक कुलमानले खाने तलब, थाहा पाएपछि चकित पर्नुहुनेछ !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान सिघिङको दोश्रो इनिङ सुरु भएको छ । पहिलो कार्यकालमा कमाल गरेका कुलमानले खाने तलब र सेवासुविधाबारे चासो हुने गरेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

सरकारले चौतर्फी प्रसंसा बटुलेका घिसिङलाई ४ बर्षका लागि दोश्रो पटक प्राधिकरणको जिम्मा लगाएको हो । जनताको चर्को दवाव, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान र प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा उनलाई पुनः प्राधिकरणमा ल्याइएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई नियुक्ती गर्न आनाकानी गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरकारले ‘लौरो पनि नभाँचिने, सर्प पनि मर्ने’ गरी परिपक्क निर्णय गर्दै प्राधिकरणका निवर्तमान कायकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।उनको नियुक्तीसँग सेवा सुविधाका विषयमा पनि चर्चा हुन थालेको छ ।

कुलमानको तलव मासिक २ लाख २१ हजार रुपैयाँ छ । उनलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्राधिकरणले प्रोत्साहन भत्ता पनि दिन्छ ।त्यसको अलवा ‘लिडरसिप

एलाउन्स’मा थप दुई लाख गरेर घिसिङले मासिक ४ लाख २१ हजार बुझ्ने छन् । उनको सहयोगीको रुपमा एक जना शाखा अधिकृत र दुई जना सुब्बा सरहका कर्मचारीहरु रहने छन् । एउटा गाडी र ड्राइभर पनि उनले राख्न पाउने प्राधिकरण श्रोतको भनाई छ ।

सेवासुविधा भन्दा पनि उनको कामलाई धेरै नेपालीले मन पराएका छन् । दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई एकाएक अन्त्य गरेपछि उनको चौतर्फी प्रसंसा भएको थियो । लोडसेडिङ हटाएकै कारण कतिपयले कुलमानलाई भगवानको संज्ञा पनि दिदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार