हाम्रो शरीरलाई कसरी पानी पिउदा पुग्छ फाइदा ? यस्तो छ पानी पिउने तरिका

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। पानी जीवनको लागि अत्यावश्यक ची हो । आयुवर्दे र योगमा पानीलाई भोजनभन्दा महत्वपूर्ण मानिन्छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशत पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलासम्मपानीको आवश्यकता पर्दछ । पानीलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । तर तपाई थाहा छ ? पानी पिउने तरिका थाहा नपाउदा यसले हानी पनि पुर्याउन सक्छ ।

पानी पिउदा स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि पनि केहि कुराहरु तथा बानी व्यवहारहरु सुधार्न सके धेरै फाइदाकारी हुन्छ ।

हामी धेरै जसोको बानी हुन्छ कम पानी पिउने । त्यसै गरि केहिको बानी हुन्छ, दिनभरमा निकै पानी पिउने । तर के हामीले पिएको पानीले हाम्रो स्वास्थ्यमा फाइदा पुर्याएको छ त ? कसरी पानी पिउदा स्वास्थ्यमा फाइदा पुग्छ ? एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन । यसले शरीरमा पाचन प्रक्रियामा खराबी आउन सक्छ ।

खाना खाएलगत्तै वा खाना खानु केही समय अगाडि पानी पिउनु हुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र जसकारण कब्जियत तथा अपच जस्ता समस्या देखिन्छ । यसका लागि खाना खाएको दुई घण्टापछि पानी पिउन स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

दिनभरीमा कम्तिमा ३ लिटर पानी पिउनुहोस् । बिहान बासी मुखमा मन तातो पानी सक्दो धेरै पिउनुहोस् । बिहान शौचालय जानुअघि पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पच्न गाह्रो हुन्छ त्यसैले मनतातो पानी राम्रो मानिन्छ ।

पानी एकै पल्ट धेरै घटघटी कहिलै नपिउनुहोस् । बरु चिया पिए जस्तो गरेर सिप लिदै पिउँनुहोस् । प्यास लाग्यो भन्दैमा हतारिदै पानी पिउनु हुँदैन । उभिएर कहिलै पनि पानी पिउनुहुदैन । यसले घुँडामा समस्या हुन्छ ।

चिसो र असाध्यै तातो पानी कहिलै नपिउँनुहोस् । सँधै मनतातो पानी पिउँनुहोस् । घामबाट र शौचालयबाट फर्के लगत्तै पानी पिउनु पनि स्वास्थ्यकालागि खराब मानिन्छ ।

खाली पेटमा प्यास लागेमा केही चिज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ । सुत्नु भन्दा अगाडी १ गिलास मनतातो पानी पिउनुहोस् । राति निन्द्राबाट उठेर एक्कासी पानी पिउदा ज्वरो आउने सम्भावना हुन्छ ।

पानी पिएलगत्तै दौडिने वा खेल्ने गर्नुहुँदैन । पानी पिउदा निकै तनावमा पिउनु राम्रो मानिदैन, शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ । पानी पिउदा कहिले पनि सुतेर पिउनु हुँदैन । र अध्याँरो समयमा पानी पिउनु हुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभई मुखबाट छोड्नु उपयुक्त हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार