ल्याण्डलाइन प्रविधि पूर्ण रूपमा बन्द गर्ने तयारी ४ वर्षभित्र

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बेलायत सरकारले ल्याण्डलाइनसँग जोडिएको इन्टरनेट कनेक्सन सन् २०२५ सम्ममा सम्पूर्ण रुपमा परिवर्तन गर्ने तयारी गरेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

त्यहाँकाे सरकारले अघि सारेकाे नयाँ योजनाअनुसार अब सबै ल्याण्डलाइन सेवाप्रदायकले आफ्नो ग्राहकको घरमा पुरानो फोनको कनेक्सन हटाएर इन्टरनेट कनेक्सन जोड्नुपर्नेछ । बेलायतमा हाल करिब एक करोड ४० लाख घरमा ल्याण्डलाइन कनेक्सन जोडिएको छ ।

संसारभरको पब्लिक स्विच टेलिफोन नेटवर्कमा समय समयमा केही परिवर्तनहरू हुँदै आए पनि आजसम्म यो तामाको तारले एउटा फोनदेखि अर्को फोनसम्मको परम्परागत हिसाबको कनेक्सनमा नै चलिरहेको छ ।

हुन त पहिले पनि तामाको तारले जोडिने फोनले इन्टरनेटको सुविधा दिएको थियो । तर पछिल्लो समयमा आएर यसलाई पनि फाइबर केबलले प्रतिस्थापन गरिरहेको छ ।

सञ्चारका अन्य माध्यमहरूकाे विकाससँगै ल्याण्डलाइनप्रति प्रयोगकर्ताको आकर्षण पनि घट्दै गइरहेको छ । अप्रिल महिनामा गरिएकाे एक अध्ययनअनुसार बेलायतका ४० प्रतिशत प्रयोगकर्ताले ल्याण्डलाइन र त्यसबाट प्रयोग हुने इन्टरनेट प्रयोग गर्न छोडिसकेका छन् ।

टेलिकम कम्पनीहरूले पनि परम्परागत फोन कनेक्सनको मर्मत लागत महँगो पर्ने हुँदा यसलाई इन्टरनेट कनेक्सनमा जोड्दा राम्रो हुने बताउँछन् । परम्परागत ल्यान्डलाइन, तामाको तारले जोडिएको हुन्छ, जुन अब फाइबर केबलको कनेक्सनमा प्रतिस्थापित हुनेछ ।

नेटवर्क परिवर्तन गरे पनि भ्वाइस ओभर इन्टरनेट प्रोटोकल अन्तर्गत ल्याण्डलाइन फोन चालु नै हुनेछ र अर्को ठाउँमा बसाइँसराइ नगेरसम्म प्रयोगकर्ताले प्रयोग गरिरहेकै नम्बर प्रयोग गर्न पाउनेछन् र ह्यान्डसेट पनि परिवर्तन गर्नुपर्दैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार