अनिवार्य मोबाइल दर्ता गर्नुपर्ने दुई महिनाभित्र, नभए मोबाइल नचल्ने

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको संयोजकत्वमा मंगलबार बसेकाे सराेकारवाला निकायसहितकाे बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले गत साउन १ गतेदेखि एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको थियो । प्राधिकरणले उक्त प्रणाली सञ्चालन ल्याएकाे घाेषणा गरेपनि आईएमईआई दर्ताभन्दा बाहेक अन्य काम गर्न सकेको छैन ।

हालसम्म पनि सर्भर सिस्टम तयार नभएको, कतिपय सामान अझै विदेशबाट आउनै बाँकी रहेकाले आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने बनाउन सक्नेगरी सिस्टमले काम गरेको छैन ।

यस्तो अवस्थामा प्राधिकरणले एमडीएमएस परियोजना ‘आयो आयो…फुस्स’ जस्तै सावित भएको छ । तत्कालीन समयमा सरकारले एमडीएमएस साउन १ गतेबाटै लागू हुने भनी बजेटमार्फत नै घोषणा गरेसँगै दबाबमा आएर भएको सिस्टममार्फत प्राधिकरणले यसको सुरुवात भने गरेको थियो ।

त्यति बेलासम्म एमडीएमएस राख्ने भनी तय भएको चाबहिलको भवनसमेत तयार नभएको अवस्थामा राष्ट्रिय सूचना केन्द्रमा सिस्टम राखेर आईएमईआई दर्ताको काम मात्रै गराइएको छ ।

यस्तो अवस्थामा मंगलबार एमडीएमएसको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा प्राधिकरण, भन्सार विभाग, मोबाइल आयात संघका प्रतिनिधिसहितको बैठक बसेको थियो ।

उक्त बैठकले एमडीएमएस अन्तर्गत आयात मोडल (मोबाइल आयातकर्ताको सिस्टममा पाउने पहुँचको विषय) यही भदाै १५ गतेभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

यसका साथै बैठकले एमडीएमएसको सर्भर व्यवस्थापन लगायत सबै कार्य सम्पन्न गरी मोबाइलको आईएमईआई नम्बर दर्ता नभएका प्रयोगकर्तालाई दुई महिनाभित्र दर्ता गराउन एसएमएसमार्फत जानकारी गराउ समेत निर्देशन दिएको छ ।

यदि सो समयभित्र मोबाइलको आईएमईआई दर्ता नगराइएमा त्यस्ता मोबाइल सेटमा प्रयोग गरिने सिमकार्ड प्रयोग नहुने प्रणालीलाई समेत कार्यान्वयनमा ल्याउन सचिव ढुंगाना निर्देशन दिएका छन् ।

साथै उक्त बैठकले मोबाइल सेटको पैठारी अनुमति लगायतको सेवाका लागि प्राधिकरणले भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा एक महिनाभित्र आवद्ध गराउने निर्णयसमेत गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार