दोस्रो पटक पनि बस्न सक्छ गर्भ के गर्भावस्थाको बेला ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। के कुनै महिला गर्भवती हुँदा हुँदै फेरि भ्रुण ग्रहण गर्न सक्छ ? यदि तपाईंले गर्भावस्थाको केही हप्तापछि भ्रुण गर्भाशयमा पुनः प्रत्यारोपण गर्ने कुरा आयो भने तपाईंको प्रतिक्रिया के हुन्छ ? मेडिकल भाषामा यसलाई सुपर फिटनेस प्रेगनेन्सी या डबल प्रेग्नेन्सी पनि भन्ने गरिन्छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

सुपर फेटेसन प्रेग्नेन्सी के हो ?

सुपरफेटेशन गर्भावस्थामा महिला गर्भवती भए तापनि फेरि गर्भधारण गर्न सक्छिन् । वास्तवमा, धेरै पटक गर्भवती भैसकेपछि पनि गर्भमा अण्ड वा शुक्राणुद्वारा निषेचित गरिन्छ । यो गर्भावस्थाको पहिलो केही हप्तामा हुन सक्छ । विशेषज्ञका अनुसार दोस्रो गर्भावस्थामा समस्या पैदा गर्न सक्छ । धेरै मामिलामा नवजात शिशु पनि कुपोषित हुन सक्छन् ।

जुम्ल्याहा होइन सुपरफेटेसन

जुम्ल्याहा बच्चा हुनु र सुपर फेटेसनको अवस्था दुई फरक परिस्थितिहरु हुन् । जब एक महिलाले एक पटकमा १ देखि ३ वटा भ्रुण धारण गर्छिन्, त्यसलाई जुम्ल्याहा गर्भावस्था भनिन्छ । जबकि सुपरफेटेशनमा महिला एक बच्चा जन्माएपछि केही हप्तापछि फेरि गर्भवती हुन्छिन् । सुपर फेटेसनको मामला प्रायः माछा, गोही जस्ता प्रजातिहरुमा हुन्छ । मानिसहरुमा यसको सम्भावना धेरै कम छ ।

के दुवै बच्चाहरु एकै समयमा जन्मिन्छन् ?

भ्रूण विभिन्न समयमा प्रत्यारोपण गरिए पनि डेलिभरी एकै समयमा हुन्छ । यदि भ्रूणको गर्भधारणमा धेरै समय फरक प¥यो भने बच्चा जन्माउने समयमा जोखिम बढी हुन्छ । अर्काे भ्रूण डेलिभरी ३७ सप्ताहभन्दा पहिले भयो भने बच्चा कुपोषित हुन सक्छ ।

किन सुपर फेटेसनलाई अद्वितीय मानिन्छ ?

वास्तवमा जब एक महिला गर्भवती हुन्छिन्, तब शरीरको प्रजनन हार्मोनहरु पूरा तरिकाले काम गर्न बन्द गर्छ । जसको कारणले अण्ड काम गर्न असक्षम हुन्छ । त्यसकारण पनि सुपरफेटेसनलाई अनौंठो घटना मानिन्छ ।

कुन महिलामा यस्तोको अधिक सम्भावना हुन्छ ?

विशेषज्ञका अनुसार आईभीएफ, प्रजनन उपचार वा हार्मोनको उपचार गर्ने महिलाहरुमा सुपरफेटेशनको सम्भावना बढी हुन्छ । किनभने उनीहरुको अण्डाशय पहिले नै बच्चाको लागि तयार भइसकेको हुन्छ । त्यस्तै, गर्भावस्थाको समयमा यौन सम्बन्ध राख्दा पनि फेटेसनको समस्या बढ्न जान्छ ।

सुपरफेटेसनका जटिलताहरु

– बच्चा जन्मेपछि सास फेर्न समस्या

– नवजातमा कम तौलको समस्या

– बच्चालाई खाना खुवाउन कठिनाई हुनु

– मस्तिष्कमा रक्तस्राव हुनु

– अविकसित फोक्सोको कारणले सास फेर्ने समस्या हुनु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार