तालिबानले भने, हाम्रो जिम्मा अब सबै नेपाली को सुरक्षा, सम्पर्कमा आएका नेपाली स्वदेश फर्किएनन्

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अफगानिस्तान माथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् ।उनलाई पहिलोपटक विश्वले देखेको हो। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन । मुजाहिदले ​मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भने,हामी कसैसँग ब,दलाको भावना राख्ने छैनौँ ।

हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन।तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ।हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ।

अफगानिस्तानको जमिन कसैको विरुद्ध प्रयोग गर्न दिँदैनौँ मुजाहिदले भने आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ।हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ।

वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् अफगानिस्तान को जमिनको प्रयोग कुनै पनि देशको विरुद्ध हुन दिने छैनौँ।हामी विश्वलाई भरोसा दिन चाहन्छौँ कि हाम्रो जमिन तपाईंको विरुद्धमा प्रयोग हुन दिन्नौँ। साभार

मन्त्रालयले अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश नफर्की काममै जान थालेको जानकारी आएको बताएको छ।

सम्पर्कमा आएका मध्ये केहि नेपाली नागरिकहरू अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी आएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी समेत गराउनु भएको छ।’

मन्त्रालयले मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएको पनि जनाएको छ ।

यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ |

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार