वामदेव ‘अनुपस्थित’ माधव नेपालको नयाँ पार्टीमा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम अनुपस्थित देखिएका छन् । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिएका छन् ।

नेपाल एकल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन् । नेकपा एमालेका नेता वामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा आफूले सहयोग गर्ने बताएका छन्।

पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा भने आफ्नो सहमति नहुने उनको भनाइ छ। गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत् दुई धारणा सार्वजनिक गर्दै सोमबार उक्त कुरा भनेका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भनेका छन्, ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ मा फर्कन पनि आग्रह गरेका छन्। तर ओलीले उक्त आग्रह स्वीकार नगरेको गौतमको भनाइ छ। ओलीलाई गौतमले त्यसो भए म साथमा छैन भन्ने जानकारीसमेत दिइसकेका छन्।

प्रधानमन्त्री ‌ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने तयारी गरिरहेका बेला गौतमले उक्त कुरा बाहिर ल्याएका हुन्। एमाले नेता माधव नेपाल पक्षका सांसदले ओलीलाई विश्वासको मत नदिने र आज प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने निर्णय पनि गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार