माधव नेपालको साथ छाड्ने नेताहरु यी हुन्

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको शेखी झार्नु पर्छ भनेर माधव नेपालाई उक्साउने एमालेका केही नेताले अन्तिममा आएर उनको साथ छाडेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भनेर ओलीको प्रखर विरोधीका रुपमा रहेका भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट,रघुजी पन्त,अष्टलक्ष्मी शाक्य,भीम आचार्य र घनश्याम भुसालले नेता नेपाललाई छोडेका छन् ।

यी नेताहरु ओलीको विपक्षमा लागेका मात्रै थिएनन् माधव नेपाललाई उक्साउने मध्येमा पनि रहेका एक एमाले नेताले लोकपथलाई बताए । उनीहरु ओलीका प्रखर आलोचक थिए । उनीहरु अब ओलीसँगै रहने बताइएको छ । उनीहरु नेपालपक्षबाट अलग्गिएका छन्।

नेपाललाई शुरुदेखि नै साथ दिएका रामकुमारी झाक्री, विरोध खतिवडा,मेटमणि चौधरी,मुकुन्द न्यौपाने, डा. विजय पौडेल,डा. बेदुराम भुसाल, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरुदेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ लगायतका नेताहरुले भने अन्तिम सम्म साथ दिएका छन् । आज निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउँदा यी नेताहरुले नेपाललाई साथ दिएका हुन् ।

नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री र भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री पद पाउने भएपछि नेपाललाई छोडेर ओलितिर लागेका छन् ।

यी दुबैजना नेपाल तिरै बसेको भएपनि मुख्यमन्त्री बन्ने पक्का जस्तै रहेको नेपाल पक्षका एक नेताले बताए । केही बाहेक अरु सबैले नेता नेपाललाई छोडेनन् ।

त्यसैगरी एमालेका अर्का नेता योगेश भट्टराईले दलविभाजन सम्बन्धि अध्यादेशको विरोध गरेपनि उनी कता लाग्ने भन्ने खुलेका छैनन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् । सरकारले अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार