यस्तो छ भित्रि रहस्य, तालिबानले सत्ता कब्जा गरिरहँदा किन मौन रह्यो अफगान सेना ?

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। १५ अगस्टमा जब तालिबानी विद्रोही अफगानिस्तानको राजधानी काबुल छिर्न थाले, राष्ट्रपति असरफ घानीले देश नै छाडेर भागे । केही रिपोर्टका अनुसार उनी ताजिकिस्तान पुगे भनिएको छ । कसैले उज्वेकिस्तान पुगेको दावी गरेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

डेनमार्क, नर्वे, स्वीडेन, जर्मनी, अमेरिका लगायत धेरै देशले काबुलबाट आफ्ना दूतावास फिर्ता गर्न थालेका छन् । आम नागरिकका लागि भने काबुल विमानस्थल एकै ठाउँ बाँकी थियो । जहाँबाट मानिसहरु विदेश भाग्न सक्थे । तर अहिले त्यो ठाउँ पनि सर्वसाधारणका लागि बन्द गरिएको छ ।

सेनाको भूमिकाः

अमेरिकी राष्ट्रपति जो बाइडेनले दावी गरेका थिए कि, अफगानिस्तानमा जम्मा ८५ हजार लडाकु छन् । र ३ लाख सैनिक छन् । जसले गर्दा लडाकुलाई सेनाले सजिलै हराउन सक्छ भनेर ठोकुवा गरेका थिए । तर ठीक विपरीत, सेनाले तालिबान विद्रोहीका लागि सजिलै सत्ता खाली भने गरिदियो ।

बाइडेनले केहीअघि मात्रै कुनै हालतमा तालिबानले नजित्ने दावी गरेका थिए । तर अमेरिकी जासूसीका अनुसार २ देखि ४ महिनाभित्रै तालिबानले सत्ता कब्जा गर्नेछ भनिएको थियो । त्यसको केही सातामै अगस्टमा तालिबानले सत्ता कब्जा गरिदियो ।

तर पनि अफगान सेनाले तालिबानविरुद्ध कुनै जवाफी हमला वा प्रतिक्रिया केही किन दिन सकेन वा चाहेन ? तालिबान राजधानी काबुल छिरिरहँदा के त्यहाँ सेनाको उपस्थिति नै थिएन ?

तालिबानले सत्ता कब्जा गर्न सक्नुको पछाडि सेनाले तालिबानमाथि कुनै प्रतिक्रिया दिएको थिएन । तर यसको पनि खास कारण थियो । अशरफ घानीले देश छाडेर जाँदै गर्दा फेसबुक पेजमा आफू कुनै रक्तपात नहोस् भन्ने चाहेकाले शान्तिपूर्ण रुपमा देश छाडेर भागेको बताएका थिए ।

तर यसको यथार्थ अर्कै थियो । कारण के भने, भ्रष्टाचार, अनियमितता, अनैतिक नेतृत्व । कुशासन जस्ता कारणले गर्दा अफगान सेनाको अघि राष्ट्रपति घानी अलोकप्रिय बनिसकेका थिए । घानी अफगान सेनाका लागि एक धोकेवाजको रुपमा चिनिएका थिए ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति छँदा अफगान सरकारले अमेरिकामा गएर शान्ति वार्तामा हस्ताक्षर गरेको थियो । जुन कुरा अफगान सेनाका लागि एक गम्भीर धोका थियो । लज्जाको विषय थियो । आफ्नो देशको सेना हुँदाहुँदै विदेशीको भूमिमा गएर आफ्नै सरकारले पीठ पछाडिबाट लात हानेर सेनाको वास्ता नगरिकन वार्ता गर्छ भने त्यो गम्भीर धोका हो भन्ने धारण अफगान सेनाको थियो ।

अर्को कारण थियो कि, जब अमेरिकी जो बाइडेन सरकारले अमेरिकी सेनालाई फिर्ता लैजान थाल्यो, यो त अफगान सेनाका लागि झनै हिनताबोध गराउने लज्जास्पद घटना थियो । अफगान सेनालाई लाग्यो कि, अब तालिबानसँग कसरी भीडन्त गर्न सकिएला र ? खासमा तालिबानसँग लड्नुपर्ने बेलामा अमेरिकी सेना फिर्ता गइदिँदा अफगान सेना थप चिढिएको थियो । त्यसो त, त्यसअघि नै राष्ट्रपति घानी अमेरिका पुगेर सेना फिर्ताको निर्णय गरेका थिए । जवकि, त्यस निर्णयको विरोध सेना सहित धेरैले गरेका थिए ।

तालिबानले भने सेनाविरुद्ध एक मनोवैज्ञानिक रणनीति पनि अपनाएको थियो । तालिबानले सेनाहरुलाई एक चिठी पठाउन थाल्यो र भन्यो कि, तिमीहरु हामीविरुद्ध लड्दैनौ भने हामी तिमीहरुलाई जिउँदै छाड्नेछौँ । र तिमीहरुको परिवारलाई पनि केही गर्दैनौँ । तर यदी हाम्रो विरुद्ध लड्न आयौ भने तिम्रा परिवारलाई छाड्नेछैनौँ भनेर धम्कीपूर्ण सन्देश पठाउन थाले ।

तर अहिले अवस्था फेरियो । तालिबानी प्रवक्ताले महिलाहरुलाई स्वतन्त्रता दिने बताएका छन् । महिलाहरु सार्वजनिक स्थलमा एक्लै हिँड्न सक्ने स्कुल जान सक्ने तर बुर्का लगाउनुपर्ने तालिबानले बताउन थालेको छ । खासमा महिला अधिकार दिने उनीहरुले भनेका छन् । यतिमात्रै नभएर कुनै पनि निष्पक्ष मिडियाले आफूहरुको आलोचना समेत गर्न सक्ने तालिबानले जनाएको छ ।

अमेरिकी रणनीति सफलः

अमेरिकी विदेशमन्त्रीले भने हालै अफगानिस्तानमा अमेरिकी मिसन सफल भएको दावी गरे । २० वर्षअघि अफगानिस्तानमा अमेरिकाले सेना पठाउनुको कारण ९/११ हमलाको बदला लिनका लागि थियो । जुन सफल भएको छ ।

यदी ९/११ का दुश्मनविरुद्ध मात्रै यो मिसन थियो भने २०११ म ओसामा बिन लादेनको हत्यापछि पनि अमेरिका किन अफगानिस्तानमा बसिरह्यो त ? यो प्रश्न चाहिँ उठिरहेको छ ।

२०१९ को अनुसन्धानले के देखाउँछ भने अमेरिकाले ९/११ हमलापछि मध्यपूर्वमा युद्धमा मात्रै ६ दशमलब ४ ट्रिलियन डलर खर्च गर्यो । र ८ लाख मानिस मारिसकेका थिए । र यो सबै अमेरिकी करदाताले संकलन गरेको पैसा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार