३६५ पुर्‍याउने अभियानमा, ३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिलालाई गर्लफ्रेन्ड बनाएर डेटिङ गरिसकेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

तर उनको धोको अझै मेटिएको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन् । अर्थात् अझै ३० युवती थप गरी ३६५ जना महिलासँग डेटिङ जाने उनको लक्ष्य हो ।

हुनत डिभोर्सी रहेका सुन्दर रामु रोमान्सका विरोधी होइनन् तर पनि उनका सबै डेटिङहरु रोमान्टिक हुँदैनन् । अनी उनको उद्देश्य केवल कुनै प्रेमिका खोज्नु मात्र पनि होइन ।

बीबीसीसँगको कुराकानीमा उनी भन्छन् : म पूर्णरुपमा रोमान्टिक छु । मैले दिनहुँ प्रेमिका खोजिरहेको हुन्छु । तर ३६५ डेटिङको अवधारणाका पछाडि केवल महिलाको खोजी मात्र छैन ।

भारतको चेन्नइ सहरमा बस्ने सुन्दरको अनौठो दाबी त के छ भने उनी महिला अधिकारको बारेमा जनचेतना जगाउनका लागि ३६५ जना युवतीसँग डेटिङ गर्ने महाअभियानमा छन् ।

३६५ डेटिङ पार्टनर पूराउने उनको यो कार्य सन् २०१५ को जनवरी १ बाट सुरु भएको हो ।

उनको फेसबुक पेजमा उनीसँग डेटिङ गइसकेका महिलाहरुको बारेमा विवरण दिइएको छ । त्यसमा उनकी आफ्नै १०५ वर्षीया हजुरआमा देखि आफू बस्ने अपार्टमेन्ट भवनमा फोहोर टिप्ने महिला, ९० वर्षकी आइरिस नन, अभिनेत्री, मोडेल देखि योगा शिक्षिका, अभियानकर्मी, नेता तथा अरु धेरै महिलाको बारेमा लेखिएको छ ।

आफू महिलालाई सम्मान गर्ने परिवारमा जन्मिएर हुर्किएको र विद्यालयमा पनि लैंगिक विभेद नदेखेको भएता पनि बाह्य संसारमा पाइला टेक्दा चरम लैंगिक विभेद देखेको र त्यसले आफूलाई ठूलो सांस्कृतिक धक्का अर्थात् कल्चरल सक दिएको उनको भनाइ छ ।

सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि बसभित्रै भएको सामूहिक बलात्कारको घटना उनको जीवनमा टर्निङ प्वाइन्ट बन्यो । आफू त्यसपछि धेरै रात सुत्न नसकेको उनी बताउँछन् । उक्त घटनापछि महिलामाथिको विभेद हटाउन र परिवर्तन ल्याउनका लागि आफैले के गर्न सकिन्छ भन्ने बारेमा उनले सोँच्न सुरु गरे । फलस्वरुप ३६५ जना महिलासँग डेटिङ गर्ने उनको अवधारणाको जन्म भयो ।

उनले सन् २०१४ को डिसेम्बर ३१ मा आफ्नो 365-dates परियोजनाको घोषणा गरे । तत्कालै उनलाई लञ्च डेटका लागि निम्तो आयो आफ्नै केटीसाथीबाट अनि नयाँ वर्ष सन् २०१५ को जनवरी १ मा उनको उक्त अभियान अन्तरगतको डेटिङको सुरुआत भयो ।

उनका सुरुका एक दर्जन डेटिङ चिनजानका मान्छेहरुसँगै भए । १०औँ डेटिङबाट उनी मिडियाको नजरमा पनि परे । जसका कारण उनलाई प्रसस्तै डेटिङका प्रस्ताव आउन थाले । उनी डेटिङ किंग, सिरियल डेटर तथा द ३६५ डेट्स म्यान आदिको नामले चिनिन थाले ।

उनी भन्छन् : पुरुषहरु पनि यो समस्याको समाधानको एक पाटो बन्नु पर्दछ । डेटिङमा जाने कुरामा पुरुषहरुमा पनि थुप्रै भ्रम तथा गलत धारणाहरु छन् । तर महिलाहरु भनेका केवल तिघ्रा र सुडौल जीउडाल मात्र होइनन् । जुनसुकै व्यक्ति अर्कोबाट फरक हुन्छ ।

लाक्षणिक रुपमा उनी भन्छन् – अर्को लिंगको जुत्ता लगाएर केहीबेर हिड्नुहोस् । यसबाट तपाईंले उनीहरुको समस्या धेरै बुझ्नुहुनेछ ।

उनीसँग डेटिङ जान चाहने महिलाहरुले सुरुमा उनलाई आफैं प्रस्ताव गर्नुपर्दछ, ठाउँ छनोट गर्नुपर्दछ, पैसा तिर्ने तथा खाना पकाउने लगायतका काम गर्नु पर्दछ । पार्टनरले उक्त डेटिङमा खर्च गरेको जत्ति रकम उनले हरेक महिना च्यारिटी संस्थाहरुलाई दान गर्दछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार