रियलमीले जीटी सिरिजमार्फत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। स्मार्टफोन ब्राण्ड रियलमीले जीटी सिरिजमार्फत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक समारोह आयोजना गर्दै जीटी सिरिजअन्तर्गत ‘रियलमी जीटी मास्टर एडिसन’ र ‘रियमली जीटी एक्स्पोलर मास्टर एडिसन’ विश्व बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित यी फोन बजारमा सार्वजनिक भएको छ । युवा प्रयोगकर्ताको सृजनशीलतामा विकास पुर्‍याउन यी फोनमा रहेका नवीनतम फिचरले सघाउ पुग्ने कम्पनीको विश्वास छ ।

१२ जीबीसम्म भर्चुअल र्‍याम बढाउन मिल्ने एक्स्प्लोरर एडिसनमा क्वालकम स्न्यापड्रागन ८७० प्रोसेसर रहेको छ । त्यस्तै जीटी मास्टर एडिसनमा ८ जीबीसम्म भर्चुअल र्‍याम बढाउन मिल्छ भने स्न्यापड्रागन ७७८जी प्राेसेसर रहेकाे छ ।

मिडरेन्जमा उपलब्ध हुने यी दुवै फोन गेमिङ पारखीले मन पराउने दाबी कम्पनीको छ ।

मास्टर एडिसनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । त्यस्तै एक्स्पोलरर मास्टर एडिसनमा ओआईएस सहितको ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा छ ।

प्रो स्ट्रिट फोटोग्राफीमा डीएसएलार क्यामेराबाट मात्र देखिने दिन, रात, पोट्रट, ल्याण्डस्केपका आकर्षक फोटोहरु अब प्रयोगकर्ताहरुले यी स्मार्टफोनबाट नै street photography mode प्रयोग गरेर लिन सक्नेछन् ।

यी दुवै स्मार्टफोनमा १२० हर्ज सामसङ एमोलेड स्क्रिन छ, जसमा भिजुअलहरु आकर्षक देखिन्छ । 10240-level brightness adjustment र HDR10+ support को साथमा GT Explorer Master Edition मा 56-degree curved display सँगै Dolby Atmos Dual Speakers र Tactile Engine पनि सपाेर्ट गर्छ ।

नेपाली बजारमा केही समयमा भित्रिने रियलमी जीटी मास्टर एडिसन छिमेकी भारतमा भने हिजै सार्वजनिक भइसकेकाे छ । यसअन्तर्गत ६ जीबी प्लस १२८ जीबी भेरियन्टकाे सुरुवाती मूल्य २५ हजार ९९९ भारू छ भने ८ जीबी प्लस १२८ जीबी भेरियन्टकाे मूल्य २७ हजार ९९९ भारू रहेकाे छ । त्यस्तै ८ जीबी प्लस २५६ जीबीको मूल्य २९ हजार ९९९ भारू रहेको छ ।

त्यस्तै ८ जीबी प्लस १२८ जीबी Explorere Master edition को सुरुवाती मूल्य विश्वबजारमा ४९९ अमेरिकी डलर रहेको छ र १२ जीबी प्लस २५६ जीबीको मूल्य ५४९ डलर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार