अझै केही दिन लाग्ने काठमाडौं उपत्यकाकाे फोहोर उठ्न, वर्षाका कारण समस्या

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। विगत एक हप्तादेखि काठमाडौं महानगरपालिका भित्रको फोहोर उठ्न सकेको छैन। फोहोर काठमडौं महानगरभित्रको मात्र होइन, काठमाडौं र ललितपुरबाट सिसडोल ल्याण्डफिलमा जाने सबै फोहोर उठेको छैन। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

काठमाडौं महानगरपालिकाले केहीदिन पहिला फोहोर घरबाट बाहिर ननिकाल्न सूचना नै जारी गरे पनि अहिले काठमाडौं महानगरका विभिन्न चोक तथा खोलाका किनारहरुमा फोहोरको थुप्रो देखिन थालेको छ।

महानगरपालिकाको वातावरण विभागका अनुसार सिसडोल जाने बाटो वर्षाका कारण विग्रिएको छ। उक्त बाटोबाट फोहोरको गाडीहरु जान नसक्ने भएकाले अहिलेसम्म फोहोर उठाउन सकिएको छैन।

दैनिक करिव पाँच सय टन फोहोर उठ्ने काठमाडौं महानगरपालिका र उत्तिकै फोहोर उठ्ने ललितपुर महानगरपालिकाको फोहोर नउठेपछि दुर्गन्ध फैलिएको हो।

महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले भने, ‘वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन।’

‘सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु’, उनले भने, ‘ निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको छ र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि अझै केही दिन लाग्छ।’

‘एउटा मात्र समस्या हैन’ श्रेष्ठले भने, ‘समस्या दुई तिर नै छ। एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको वर्षाका कारणले बिग्रेको छ। सडक मर्मतका लागि पनि केही दिन लाग्छ र भरिएको सिसडोललाई पनि व्यवस्थापन गर्न केही दिन लाग्छ।’

उनका अनुसार उपत्यकाको गोकर्णेश्वर नगरपालिकाबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ। यस्तै, नागार्जुन नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका क्षेत्र हरेकबाट हरेक दिन ३५–३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरपालिकाको भनाइ छ।

काठमाडौंको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुरथिमी नगर क्षेत्रबाट दैनिक ३०–३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरले जानकारी दिएको छ। यस्तै, ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट २५–२५ मेट्रिक टन फोहोर सिसडोल ल्याण्डफिलमा जाने गरेको थियो।

सरुवा रोगको समस्या

काठमाडौंमा फोहोर थुप्रिन थालेपछि सरुवारोगहरुको जोखिम बढेको जनस्वास्थ्य विदहरुको भनाइ छ। एकातर्फ कोरोना महामारीले थला पारेका नागरिकलाई पुन काठमाडौंमा जम्मा भएको फोहोरले अरु कुनै सरुवारोग फैलिन सक्ने खतरा रहेको उनीहरुको भनाइ छ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनः फोहोर धेरै जम्मा हुन थालेपछि विभिन्न खाले सरुवारोगको सम्भावना रहने बताउँछन्। उनले भने, ‘फोहोरका कारण लाग्ने सबै खाले रोगहरुको सम्भावना रहन्छ। झाडापखला, आउँ जो फोहोरबाट हामीमा सर्ने गर्छन।’

फोहोरबाट उत्पन्न हुने किटाणुहरु हावामा फैलिने र त्यहाँबाट हाम्रो खानेकुरा, स्वास प्रस्वासबाट पनि हामीमा संक्रमण हुन सक्ने उनको भनाइ छ। उनले पनि फोहोर नउठ्ने बेलासम्म हरेकले स्वयमता अपनाएर घरभित्र नै व्यवस्थित गरेर राख्न आग्रह गरे।

‘घरभित्र पनि व्यवस्थित गरेर राख्न सक्छौं’ उनले भने, ‘बाहिर थुपार्दा समस्या हुन्छ। घरभित्र त थुप्रो हुँदैन नि। महानगरले सूचना पनि निकालेको छ केही दिन सहयोग गरे मात्र पनि संक्रमण तथा सरुवा रोगबाट बच्न सकिन्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार