“तलासी लिइरहेका छन् तालिबानले घरघर गएर”

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ।

उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो। तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ।

तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका “सहयोगीहरू”लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो।

“तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ,” उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बीबीसीसँग भने। उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन्।

अफगानिस्तानमा अन्य घटनाक्रम के भइरहेका छन्:

अफगानिस्तानका कतिपय सहरहरूमा तालिबानविरोधी प्रदर्शन भएका छन्। राजधानी काबुलमा प्रदर्शनकारीले अफगानिस्तानको राष्ट्रिय ध्वजा लिएर प्रदर्शन गरेका छन्। असादाबादमा चाहिँ प्रदर्शनकारीहरूमध्ये केही मारिएको खबर छ।

अमेरिकी जहाजमा झुण्डिएर जान खोज्ने र खसेर निधन हुनेमध्ये एकजनाको पहिचान भएको छ। उनी १९ वर्षीय जाकी अन्वारी रहेका छन्। उनले अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टीमबाट खेलेका थिए।

विदेशी शक्तिहरूले अफगानिस्तानबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएका छन्। अमेरिकाले अगस्त १४ यता ७ हजार जनालाई उद्धार गरेको जनाएको छ।

काबुल विमानस्थल बाहिर अवस्था अस्तव्यस्त नै रहेको छ। तालिबानले भाग्न खोज्ने अफगानहरूलाई रोकिरहेको छ। एउटा भिडिओमा एउटा बालकलाई अमेरिकी सैनिकलाई सुम्पिदैँ गरेको देखिएको छ।

तालिबानले अमेरिकामा निर्मित हजारौँ बख्तरबन्द गाडीहरू नियन्त्रणमा लिएको छ। त्यस्तै उसले ३० देखि ४० वटासम्म जहाज र ठूलो मात्रामा साना हतियारहरू पनि नियन्त्रणमा लिएको अमेरिकी अधिकारीहरूले रोयटर्सलाई बताएका छन्।

तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो। उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो।

उक्त विजयले उनीहरूलाई २० वर्षपछि पुन: अफगान शक्तिको केन्द्रमा ल्याइदिएको छ। २० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो। पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो।

तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए।

तालिबानले आन्तरिक र बाह्य कुनै पनि शत्रु नचाहेको बताएको छ। त्यस्तै उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताइसकेको छ। तर अन्तर्राष्ट्रिय शक्ति र कैयौँ अफगानहरू अहिले पनि तालिबानमाथि शङ्का गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार