एमालेको पत्र निर्वाचन आयोगमा: माधव नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिनू

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ ।

निवेदन दर्ता गरिसकेपछि दाहालले रातोपाटीसँग भने, ‘राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न दिन मिल्दैन ।’

एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर गरिएको छ ।

कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने दाहालले रातोपाटीलाई बताए ।

यसैबीच माधव नेपाल समूहले शुक्रबार पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै आयोगमा गएर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएको छ । एमालेले माधव नेपाललाई हँसिया हथौडा प्रयोग गर्न नदिने भनेपछि एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूहलगायतका सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार