८ गतेअघि नयाँ पार्टीको प्रमाणपत्र नपाउने माधव नेपालले, मन्त्रिपरिषद् विस्तारमा थप विलम्ब

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालले निर्वाचन आयोगबाट ८ गतेअघि नयाँ दलको प्रमाणपत्र नपाउने भएका छन् । शुक्रबार दर्ता सनाखत नटुंगिएपछि त्यो ८ गतेअघि नटुंगिने भएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

लगातार सार्वजनिक बिदा परेकाले ८ गतेअघि त्यो टुंगिने अवस्था नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । भोलि शनिबार हो । ६ गते रक्षा बन्धन र ७ गते गाईजात्रा परेकाले ती दुई दिन पनि निर्वाचन आयोग बन्द हुनेछ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन भनेपछि माधव नेपालको तर्फबाट राजेन्द्र पाण्डेले आज नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् ।

नयाँ नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको र चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको पाण्डेको भनाइ छ। माधव नेपालको नयाँ दल दर्ता नभएकै कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् ।

बिहीबार आयोजित एक कार्यक्रममा सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको नयाँ दल दर्ता हुनेबित्तिकै एकदिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार