भदौ ८ गतेपछि काठमाडौं उपत्यकामा पूर्ण निषेधाज्ञा हुन् सक्ने !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। काठमाण्डौ महानगरपालिकामा संक्रमितको संख्या तिब्र ढंगले बढेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकालाई रेड जोनका रुपमा ब्याख्या गर्दै फेरी निषेधाज्ञा कडा बनाउन सक्ने संकेत गरेको छ । पछिल्लो तथ्य अनुसार काठमाडौ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

काठमाण्डौ महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८ जना होम आइसोलेशन र एक सय ४३ जना अस्पतालमा रहेका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा धेरै ३२ नम्बर वडामा ४ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । महानगरपालिकामा अहिलेसम्म ७५ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ७० हजार नौ सय ७५ जना निको भएका छन् भने पाँच सय २१ जनाको ज्यान गएको छ ।

काठमाडौं उपत्यकाका अस्पतालहरुमा विरामीको चाप बढ्दो क्रममा छ। प्रशासनले तेस्रो लहरको औपचारीक घोषणा नगरेको भएपनि अवस्थाले त्यस्तै देखाइरहेको छ । उपत्यका भित्रका विभिन्न अस्पतालको आकस्मिक सेवामा बिरामीहरुलाई एउटै बेडमा ३ जना सम्म राखेर उपचार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि पछिल्ला दिन विरामीको चाप बढ्दो क्रममा छ। निर्देशक डा। अनुप बास्तोलाले दैनिक आकस्मिक कक्षमा पनि १० देखि १५ जना कोभिडका विरामीहरु आउने गरेको जानकारी दिए।

उनका अनुसार ६२ जनाको अहिले उपचार भइरहेको छ । भक्तपुर अस्पतामा पनि पोजेटिभीटी दर नै ५० प्रतिशत बढी रहेको छ। उपचारका लागि पुग्ने मध्य ५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयले उपत्यकालाई रेडजोन भन्दै कडाई गर्ने संकेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले अवस्था यही रहे पूर्ण निषेधाज्ञा हुनसक्ने संकेत गरेको छन्। ‘भदौ ८ गते सम्म पुरानै निषेधाज्ञालाई निरन्तरता दिइएको भएपनि त्यसपछिको अवस्था आँकलन गरेर पूर्ण निधेषाज्ञा लगाउने तर्फ छलफल सुरु भएको बताएका छन् । दैनिक अस्पतामालमा भर्ना हुने विरामीहरुको अध्ययन पनि गरिरहेका छौं। लाग्छ यही अवस्था रह्यो भने पूर्ण निषेधाज्ञा हुन सक्छ।’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार