महालेखा: २० वर्षमा १२ करोड ४५ लाख खर्च, बाहिरी चक्रपथ र स्मार्ट सिटी अघि बढेन

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। महालेखा परीक्षक कार्यालयले स्मार्ट सिटीको अवधारणा अघि बढाएपछि प्रस्तावित क्षेत्रको जग्गा बेचबिखन गर्न नपाइने निर्णयले स्थानीय नागरिकलाई अप्ठ्यारो परेको बताएको छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले ४ वर्षदेखि नागरिकको जग्गा रोक्का राख्नु औचित्यपूर्ण नभएको ठहर गर्दै तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएको छ ।

बाहिरी चक्रपथ र स्मार्ट सिटीको निर्माणमा संभाव्यता अध्ययनबाहेक केही प्रगति नभएको भन्दै महालेखाले सडक पहुँचलाई विस्तार गरी जनजीवनलाई सहजीकरण बनाउन भनेको छ । २० वर्षमा १२ करोड ४५ लाख खर्च भइसक्दा पनि बाहिरी चक्रपथ र स्मार्ट सिटीको काम अघि नबढेको महालेखाको प्रतिवेदनले भनेको छ ।

२०५८ मा उपत्यकाको ७२ किलोमिटर लामो बाहिरी चक्रपथको अवधारणा ल्याएको हो । महालेखाले आफ्नो प्रतिवेदनमा बाहिरी चक्रपथको कार्य सम्पादनको अवस्था यकिन नभइसकेको स्थितिमा नेपाल सरकारले पुनः २०७४ सालमा स्मार्ट सिटी अवधारण स्वीकृत गर्नु ठीक नभएको पनि बताएको छ । महालेखाका अनुसार स्मार्ट सिटी निर्माणको पूर्वतयारीका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७६/७७ सम्ममा १५ करोड ६५ लाख खर्च गरेको छ ।

साथै, महालेखाले राष्ट्रिय गौरवका आयोजनाका अधिकांश आयोजना पनि समय अवधिभित्रमा सम्पन्न नहुने प्रक्षेपण प्रतिवेदनमा छ । आयोजना घोषणा गर्ने आधार मापदण्ड समेत स्पष्ट नभएको महालेखाको ठम्याइ छ । साथै यी आयोजनाको अनुगमन र प्रगति समीक्षा गर्ने व्यवस्था मिलाउनु पर्ने महालेखाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार