होटलमा गएर महिलाको भिडियो खिच्ने ४ युट्युबर र टिक्टकर पक्राउ

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेको बेला भिडियो खिची युट्युब र टिक्टकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेको बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले रातोपाटीलाई जानकारी दिए ।

उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायले जानकारी दिए ।

पीडितले भने–‘हाम्रो जीवन वर्वाद गरिदियो’

गत भदौं १ गते ति पीडित महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए ।

सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन् भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरिदियो भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताए ।

उनले भने–‘उनीहरूले कुनै एउटा होटलमा गएर खाजा खाए । त्यहाँ केही युटुवरहरु अनधिकृत रूपमा प्रवेश गरेर उनीहरूले व्यक्तिगत जिवन जिइरहेको कुरालाई उनीहरूले सार्वजनिक गरेर बेइज्जत गरिदिए । महिलाहरू हाम्रो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा छन् ।

उनीहरूले त्यहाँ आपत्तिजनक क्रियाकलाप पनि गरेका थिएनन् । एकजना महिला अपाङ्ग पनि छिन् । सँगै खाजा खाएको विषयलाई अतिरञ्जित गरिदियो भन्ने महिलाहरूको भनाई छ । उहाँहरूले होटल सञ्चालकसहित अभद्र मुद्दा ल्याउनुभएको छ । उनीहरूमध्ये २ जनाले टिकटकमा भिडियो हालेर बेइज्जत गरेको पाइएको छ ।’

राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्ष बताउने युट्युबर खगेन्द्र घिमिरे सहित ३ जना थुनामा रहेको र अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार