महिला बनेर परीक्षा दिन पुगे प्रेमी जब प्रेमिका फेल हुने डरले

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् ।

वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए ।

युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए ।

सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए । सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुपरभाइजरलाई खादिममाथि शंका लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे पर्दाफास भएको हो ।

३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिमविरुद्ध धोकाको मुद्दा दर्ता गरियो । त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् । खादिमले प्रेमिकामाथि कुनै प्रकारको संकट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार